 
																			२२ पुस, वीरगञ्ज । प्रहरीले अवैध वित्तिय कारोबार (हुण्डी)मा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण रक्सौल बस्ने ४९ वर्षीय राजु कुमार श्रीवास्तव पक्राउ परेका हुन् ।
वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट मंगलबार दिउँसो पक्राउ परेका श्रीवास्तवको साथबाट ४ लाख ४५ हजार नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बीआर ०१ सिके ९७९६ नम्बरको स्कुटरमा भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको उनले रकमको स्रोत खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र शाहीले जानकारी दिए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4