Comments Add Comment

यी विदेशी खेलाडी आउँदैछन् ईपीएल खेल्न

काठमाडौं । दक्षिण अफ्रिकी टेष्ट टिमका पूर्व कप्तान हासिम अमला यस सिजन एभरेष्ट प्रिमियर लिग खेल्न आउने खबरले निकै चर्चा पाएको छ ।

आयोजक ईपीएल प्रालिले अमला नेपालमा खेल्न आउने तर कुन टिमबाट खेल्न निर्णय हुन बाँकी रहेको जानकारी गराएको थियो । तर ईपीएलको आधिकारिक वेबसाइटमा अन्य विदेशी खेलाडीको नामसमेत सार्वजनिक भएको छ ।

जसमा इंग्ल्याण्डका लियम प्लनकट देखि वेष्ट इन्डिजमा ड्वाने स्मिथसम्म छन् । यसअघि वेष्ट इन्डिजकै क्रिस गेल भारतका युवराज सिंहजस्ता खेलाडी पनि नेपाल आउने भनिए पनि उनीहरुको नाम त्यसो सूचीमा छैन ।

ईपीएको आधिकारिक वेबसाइटबाट यस सिजन इपीएल खेल्ने विदेशी खेलाडीको नाम सार्वजनिक भएको छ । जसमा  दक्षिण अफ्रिका, वेष्ट इण्डिज, इंग्ल्याण्ड, अफगानिस्तान र श्रीलंकाका खेलाडीसमेत छन् ।

दक्षिण अफ्रिकाका अमलासंगै वेस्ट इण्डिजका ड्वाने स्मिथ र केसरिक विलियम्स, इंग्ल्यान्डका लियम प्लनकेट, श्रीलंकाका सेकुगे प्रसन्ना र उपुल थरंगा रहेका छन् । यस्तै अफगानिसतानमा विष्फोटक ब्याट्सम्यान मोहमद शेहजादको नाम पनि रहेको छ ।

उनीहरुले कुन टिममा खेल्ने खुलाइएको छैन ।

यसैगरी २०१८ मा ईपीएल खेलिसकेका आयरल्याण्डका केभिन ओब्रायन र पउल स्ट्रलिङ नेदरल्याण्ड्सका रायन टेन डेसकाटे  पउल भान मिकेरेन स्कटल्याण्डका कायल कोएत्जर दक्षिण अफ्रिकाका रिचर्ड लेभी इंग्ल्याण्डका पउल कघलिन र जोन सिम्पसन अनी युएईका रोहन मुस्ताफा र हङकङका बाबार हायतको नाम पनि ईपीएलको वेबसाइटमा छ ।

तर ईपीएलको आयोजकले केही दिनअघि मात्र २०१८ को इपीएल देखि २०२० को ईपीएलको बीचमा नेपालमा अन्य  लिग खेलेका विदेशील यस सिजन खेल्न नपाउने नियम लगाएपछि मुस्ताफा र हायतले भने खेल्न नपाउने भएको छ । तर उनीहरुको नाम भने वेबसाइटमै छ ।

ईपीएलसहित नेपाल धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग पनि हुँदै आएको छ । पोखरामा केही समयअघि भएको पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा मुस्ताफा र हायात दुवैले चितवन राइनोजबाट खेलेका थिए । चितवन अपराजित रहँदै च्याम्पियन बन्दा मुस्ताफा प्लेअर अफ दि सिरिज बनेका थिए ।

चौथो संस्करणको इपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंको कीर्तिपुरसथित टीयू मैदानमा सञ्चालन हुँदैछ । जसमा नेपाल क्रिकेट संघले स्वीकृत गरिसकेको आयोजकले जनाएको छ । ईपीएलमा सावित विजेता ललितपुर प्याट्रिओट्ससहित काठमाडौं किंग्स ११, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment