Comments Add Comment

सैनामैना व्यापार मेलामा ५ करोड कारोबार लक्ष्य

२३ पुस, बुटवल । उद्योग वाणिज्य संघ सैनामैनाको आयोजनामा मुर्गीयामा सञ्चालन हुने व्यापार मेलाको तयारी पूरा भएको छ ।

पुस २४ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने मेलामा दुई लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र ५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।

मेलामा स्थानीय कृषि उत्पादन, हस्तकला र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको संघका अध्यक्ष राजबहादुर क्षेत्रीेले बताए ।

व्यापार मेलाले स्थानीयस्तरमा उद्यमशीलता विकास, ब्यापार विविधीकरण र सैनामैनालाई राष्ट्रियस्तरमा पहिचान दिलाई पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अध्यक्ष क्षेत्रीले बताए ।

मेलाको प्रवेश टिकट विक्रिबाट प्रति टिकट एक रुपैयाँ सामाजिक कार्यमा खर्च गरिने संघले जनाएको छ ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति मुख्य आकर्षणका रुपमा रहने संस्कृतिक संयोजक हिमाल गैरेले बताए ।

मेलाको उद्घाटन सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment