Comments Add Comment

स्वास्थ्यमा हस्तमैथुनको प्रभाव

हस्तमैथुनप्रति पुरानो समयबाट नै विभिन्न भ्रमहरु उत्पन्न हुँदै आएका छन् । जस्तो हस्तमैथुन गर्नु पाप हो । हस्तमैथुन गर्ने व्यक्ति अन्धो हुन सक्छ, नपुंसक हुनसक्छ । उनीहरुमा डण्डिफोर आउने समस्या धेरै हुन्छ ।

हस्तमैथुन गर्ने व्यक्ति मानसिक रोगी भएर आफ्नो यौनाङ्गहरुमा नोक्सान समेत पुर्‍याउनसक्छ भन्ने केही व्यक्तिहरुमा भ्रम भएको पाइन्छ । तर, यौन सम्बन्धी जानकारहरुका अनुसार, हस्तमैथुन गर्नु हाम्रो लागि धेरै स्वास्थकर हुन्छ । पुरुषहरुले मात्र होइन, महिलाहरुले समेत हस्तमैथुन हाम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

हरेक पटक हस्तमैथुन गरेपछि तपाईंलाई चरम सुख प्राप्त हुन्छ भन्ने आवश्यक हुँदैन । तर, तपाईंलाई तनावमुक्त गर्ने गतिविधिहरुको खुशी बढी आवश्यकताको कुरा हो ।

डिप्रेसनबाट बचाउँछ

प्रायः डिप्रेसनका कारण तनाव र निराशा हुन्छ । तर, जब तपाईं स्वयमलाई राम्रो महसुस गराउन चाहनु हुन्छ भने त्यसले तपाईंलाई डिप्रेसनबाट बचाउँछ । शहरका प्रायः मानिसहरु एक्लोपनका कारण डिप्रेसनको शिकार हुन्छन् । त्यस्तो स्थितिमा आफू स्वयंसँग बिताएको त्यो क्वालिटी समयले तपाईंलाई डिप्रेसनबाट बचाउँछ । इम्युनिटी बढाउँछ हस्तमैथुनले तपाईंको इम्युन सिस्टमलाई पनि बलियो बनाउँछ भन्ने दाबी अधिकांश स्वास्थ्य सम्बन्धी जानकारहरुको रहेको छ ।

वास्तवमा अर्गेज्मपछि शरीरमा सेता रक्तकोषहरुको मात्रा बढ्छ । जसले हामीलाई रोगहरुबाट लड्न सहयोग गर्छ भन्ने कुरा एउटा रिसर्चबाट पत्ता लागेको छ । हस्तमैथुन एउटा सानो एक्सरसाइज जस्तै हो । त्यसैले यसो गर्नाले पेल्विक फ्लोर बलियो हुन्छ ।

जसले महिलाहरुलाई महिनावारीको क्रममा हुने पीडाबाट राहत प्राप्त हुन्छ । शान्तिसँग निद्रा लाग्छ यसले जति तपाईंलाई खुशीको अनुभव गराउँछ, त्यति नै थकित पनि बनाउँछ । यसले तपाईंलाई तुरुन्त गहिरो निद्रा लाग्छ । गहिरो निद्राले हाम्रो शरीरलाई राम्रोसँग रिकभर हुन सहयोग पुर्‍याउँछ । हस्तमैथुन सम्पूर्ण शारीरिक र मानसिक स्वास्थका लागि लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment