Comments Add Comment

विश्वकै एक वृद्धाले यसरी मनाइन् आफ्नो ११७ औं जन्मोत्सव

विश्वमा हाल जिवित रहेका मानिसहरु मध्येकी सबैभन्दा पाको उमेरकी एक महिलाले आफ्नो १ सय १७ औं जन्मदिन मनाएकी छिन् ।

जापानको फकुओका सहरकी केन तनाकाले एक नसिंङ होममा आफ्ना साथीसँगी, छिमेकी तथा नजिकका मानिसहरुसँगै जन्मदिन मनाएकी हुन् ।

अहिले विश्वकै सबैभन्दा बढी उमेरकी जिवित व्यक्तिको रुपमा रहेकी तनाकाको जन्म सन् १९०३ को जनवरी २ मा भएको थियो ।

अघिल्लो वर्ष नै उनले विश्वकी सबैभन्दा पाकी महिलाको किर्तिमान राखेकी थिइन् । नौ मार्च २०१९ का दिन उनले १ सय १६ वर्ष ६६ दिन बाँचेर विश्वकै पाकी महिलाको रुप्मा गिनिज बुकमा लेखाएकी थिइन् । त्यसअघि त्यो किर्तिमान जापानकै चियो मियाकोको नाममा थियो । उनको १ सय १७ वर्षको उमेरमा गतवर्ष जुलाईमा निधन भएको थियो ।

केन तनाका आफ्नो आठ दाजुभाई दिदीबहिनी मध्येकी सातौँ सन्तान हुन् । १९ वर्षको उमेरमा उनको बिहे भएको थियो । उनका पतिको दोश्रो विश्वयुद्धका बेला मृत्यु भएको थियो ।

केनका पाँचजना सन्तान छन् । त्यसमध्ये एक सन्तान चाहीँ धर्मसन्तान हुन् । दोश्रो विश्वयुद्धमा उनका जेठा छोराको पनि मृत्यु भएको थियो

अहिले केनका ८ जना नाति नातिनीहरु छन् ।

तनाकाले क्यान्सरलाई पनि जितिसकेकी छिन् । उनलाई कोलोरेक्टल क्यान्सर थियो । त्यो पूर्ण रुपमा निको भयो । उनी खेलकी निकै सौखिन मान्छे हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment