+
+
Shares

राष्ट्रपतिद्वारा दुई गैरआवसीय राजदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १७:१२

२३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नेपाली राजदूतलाई अन्य दुई देशको गैरआवासीय राजदूतमा बुधबार नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति भण्डारीले थाइल्याण्डका नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सिंगापुर र अष्ट्रियाका नेपाली राजदूत प्रकाश सुवेदीलाई ग्रीसका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?