Comments Add Comment

एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

२४ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्धा सेवा दिने क्रममा विगत वि.सं. २०७१ साल देखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ ।

यस बैंकका ग्राहक महानुभावहरुलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एन आई सी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टा यहाँहरुको सम्पर्कमा रही ग्राहकहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।

यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.comमा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सकिन्छ ।

यस सेवाको माध्यमबाट ग्राहकहरुले बैंकलाई दिनु हुने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहक महानुभावहरुमा बिशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment