Comments Add Comment

रीयाको प्रेममा सुशान्त

बलिउड नायक सुशान्त सिंह राजपुत केही समयदेखि नायिका रीया चक्रवर्तीको प्रेममा रहेको चर्चा मिडियामा चलिरहेको थियो । तर, यी दुबैले प्रेमको बिषयमा केही पनि बोलेका थिएनन् । यतिसम्म कि, सुशान्तको टिमले समेत यो कुरालाई अस्विकार गरेको थियो ।

तर, उनीहरु विभिन्न स्थानमा एकसाथ देखिएका भने थिए । तर, अब भने सुशान्त आफ्नो प्रेमलाई सार्वजनिक गर्ने मुडमा देखिएका छन् । उनले, रीयाको तस्वीर आफ्नो इन्स्टाग्राम स्टोरीमा राख्दै लेखेका छन्–‘मेरी जलेवी’ ।

सुशान्तले रीयाको तस्वीर राखेसँगै उनीहरुविच प्रेम रहेको पक्का भएको छ । सुशान्तको यसअगाडि पनि बलिउडमा विभिन्न नायिकासँग नाम नजोडिएको भने होइन । तर, यसपटक भने सुशान्त आफैले रीयासँगको सम्बन्ध सार्वजनिक गरेका छन् ।

सुशान्तले रीयासँगको सम्बन्धलाई सार्वजनिक गर्नका लागि यो मौका नै किन हेरे, यो उनले नै जान्ने कुरा हो । रीया नायक इमरान हाश्मी र अमिताभ बच्चन अभिनित चलचित्र ‘चेहेरे’मा काम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment