Comments Add Comment

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागे : दुर्गा प्रसाईं

२३ पुस, काठमाडौं । बी एण्ड सी मेडिकलका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीमाथि २० करोड घुस मागेको आरोप लगाएका छन् ।

प्रसाईंले काठमाडौंमा पत्रकार सम्मेलन गरी बी एण्ड सीलाई सम्बन्धन दिन यति ठूलो रकम मागेको दाबी गरेका हुन् ।

उनकाअनुसार मंसिर १५ मा द्धारिका होटलमा उपाध्यक्ष गिरीलाई भेटेका थिए । ‘ममाथिका नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो’ उनले भने, ‘मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन । १०/२० लाख, एक करोडसम्म भनेको बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनेँ ।’

त्यसपछि गिरीले ‘मेरो सम्धी हुनुहुन्छ झापामा, उहाँको नाममा १० प्रतिशत शेयर पास गरिदिनुस्’ भनेको प्रसाईंले सुनाए ।

घुस मागेको प्रमाण छ भन्ने प्रश्नमा उनले भने, ‘मैले रेकर्ड गरिनँ । तर म फेस टु फेस बसेर कुरा गर्न तयार छु । मेरो सामुन्ने घुस मागेको होइन भनेर कसरी भन्नसक्नुहुन्छ ?’

प्रसाईंकाअनुसार गिरीले घुस मागेको विषयमा उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई जानकारी गराएका थिए । ‘मैले भोलिपल्टै गएर भनेको थिएँ, तपाईहरु सम्झाउनुस् । निवेदन लिन बोलाउनु भयो भने यो कुरा छाडौं’ उनले भने ।

बी एण्ड सीलाई सम्बन्धन दिनुपर्ने, नभए कलेजको सम्पत्ति राज्यले नै किन्नुपर्ने प्रसाईंको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment