Comments Add Comment

एनआईसी एशियाको ‘न्यू सुपर चमत्कारिक’ याेजना सार्वजनिक

उपचार खर्च तिर्नेदेखि २१ लाख बीमासम्म

२३ पुस,बुटवल । एनआईसी एशिया बैंकले नयां प्रडक्टको रुपमा न्यू सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले उत्कृष्ट वीमा सुरक्षा योजना,कर्जाको ब्याज दर तथा प्रशासनिक शुल्कमा विशेष छुट,निशुल्क होम बैंकिङ सुविधा लगायतमा न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको हो ।

आफू अनुकूल हुने रकम वचत गर्नका लागि सिल्भर,गोल्ड र डायमण्ड गरी तीन प्रकारका वचत योजनाहरु बैंकले सार्वजनिक गरेको हो । यी योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुले २१ लाख रुपैयांसम्मको वीमा सुविधा पाउने बैंकका प्रदेश ५ कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले बताए ।

खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रुपैयांसम्मको वीमा सुविधा,१८ घातक रोगहरुका लागि १० लाख रुपैया सम्मको वीमा सुविधा र एक लाख सम्मको औषधि उपचार वीमा सुविधा पाउने कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराए । औषधि उपचार विमा अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई लक्षित गर्दै वहिरंग उपचारमा २० हजार सम्म र अस्पताल भर्ना वापत ८० हजार रुपैयांसम्म भुक्तानी दिने योजना ल्याएको कार्कीले बताए ।

सबै प्रकारका खातामा वार्षिक ६.५ प्रतिशत बयाज दर र डायमण्ड सिरिजको वचत खातामा अति विशिष्ट सुविधाहरु प्राप्त हुने बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।

खातावालको जीवन सहज बनाउनका लागि बैंकले घरमै बैंकिङ सुविधा,निशुल्क डीम्याट खाता खोल्ने,निशुल्क इकमर्स एक्टिभेसन,निशुल्क लकर सुविधा,अनलाइन मुद्दति खताको सुविधा,निशुल्क क्रेडिट कार्डको सुविधा समेत यो योजनाले समेटेको पाण्डेले बताए । बैंकले विशेष आकर्षणको रुपमा स्वीप इन–स्वीप आउट सुविधा पनि ल्याएको छ ।

जस अन्तर्गत सुपर चमत्कारिक वचत खातामा दुई लाख भन्दा बढी भएमा सो रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दति निक्षेपमा स्वतः रकमान्तर गरिने बैंकले जनाएको छ । सो रकममा ९.७५ प्रतिशतसम्मको ब्याज दर दिइने पाण्डेले बताए ।

न्यू सुपर चमत्कारिक निक्षेप योजना अन्तर्गत विभिन्न ३० प्रकारका सुविधायुक्त निक्षेप योजना रहेको बैंकले जनाएको छ । बैंकका हालसम्म देशभर ३ सय १३ वटा शाखा कार्यालय,४सय ८ एटिएम,१सय ३ एक्स्टेन्सन काउन्टर र ४५ वटा शाखारहित बैंकिङ सेवामार्फत २० लाख ग्राहकलाई सेवा प्रदान गरेको प्रदेश ५ कार्यालय प्रमुख कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment