+
+
Shares

‘दबंग ३’का भिलेनलाई सलमानको कार उपहार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १३:२९

बलिउड नायक सलमान खानले चलचित्र ‘दबंग ३’का भिलेन किच्चा सुदिपलाई कार उपहार दिएका छन् । सलमान आफै सुदिपको घरमा पुगेर कार उपहार दिएका हुन् । चलचित्र ‘दबंग ३’ले बक्स अफिसमा १५० करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ । बक्स अफिसमा चलचित्र हिट मात्र भएपनि सलमानले आफ्ना कलाकारप्रति यस्तो माया भने देखाएका छन् ।

सलमानले किच्चुलाई बीएमडब्लु एम ५ उपहारमा दिएका हुन् । किच्चुले लेखेका छन्–‘तपाइसँग जहिले पनि राम्रो नै हुन्छ, जब तपाई राम्रो काम गर्नुहुन्छ । सलमान खानले मलाई यो लाइनमा भरोसा गर्न सिकाएका छन् । उनी मेरो घरमा प्यारो उपहारसहित आएका थिए ।’

आफू र आफ्नो परिवारलाई यति धेरै माया दिएको भन्दै किच्चुले सलमानलाई धन्यवाद समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?