Comments Add Comment

‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ रिलिज

सार्वजनिक पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ले युटुबमा ५० लाख भ्यूज बटुलेपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरेको छ । यो गीतले प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको आशक्तीलाई देखाएको छ । अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका छन् ।

यो गीतको अडियो पावरफूल छ । यस्तै, गीत अनुसार भिडियोलाई पनि बलियो बनाइएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् ।

गीतको कोरियोग्राफी पनि उत्कृष्ट छ । रामजी र उनको टिमले भिडियो निर्माण गर्न निकै मिहिनेत गरेको छ भने चलचित्रका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले पनि भिडियो निर्माणमा कुनै कञ्जुस्याँई गरेका छैनन् ।

चलचित्रका निर्देशक सुदर्शन थापा हुन् । थापाले चलचित्रमा गीत छनोटमा पनि खुबै ध्यान दिने गरेका छन् । यसपटक पनि उनी यो कुरामा सफल देखिएका छन् ।

चलचित्रको गीतको भिडियोमा मुख्य कलाकारद्धय नायक पल शाह र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ । पूजा र पलको केमेष्ट्री पहिलो गीतमा जस्तै यसमा पनि जमेको छ । सांगीतिक लभ स्टोरी कथामा बनेको यो चलचित्रले सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

फागुण २३ गतेबाट रिलिज हुने यो चलचित्रमा जन्म जय र साम्पाङ राई सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment