Comments Add Comment

ए डिभिजन लिग पाँचौं चरणको रोचक कुरा : गोलको कीर्तिमानदेखि मुक्कामुक्कीसम्म

मनाङलाई पछि पार्दै आर्मी शीर्ष स्थानमा

२५ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत पाँचौ चरणको खेलमा सबै खालको ‘मसला’ थियो । गोल, पहेँलो कार्ड र रातो कार्ड रेगुलरजस्तै भयो ।

अघिल्ला चरणहरुमा नभएका घटना पनि पाँचौ‌ं चरणमा भए ।

यही चरणमा सन्तोष साहुखलले लिगमा सय गोल गर्ने कीर्तिमान बनाए । यसै चरणमा सर्वाधिक १९ गोल पनि भयो । ७ मध्ये २ खेलमा गोल नहुँदा पनि झण्डै ३ को औषतमा गोल हुन पुग्यो ।

यस्तै त्रिभुवन आर्मी क्लब पहिलो पटक लिगको शीर्ष स्थान पुग्न सफल भयो । अनी उपधि दाबेदार दुई टोली मनाङ मर्स्याङ्दी क्लब  मछिन्द्र क्लबले रोमाञ्चक २-२ को बराबरी खेले । तर दुई टोलीको खेलपछि मैदानमा जे भयो, त्यो नहुनुपर्ने थियो । खेल सकिएपछि मैदानमै खेलाडीबीच हात हालाहाल अनि बेन्चका खेलाडीलाई रातो कार्ड र अन्त्यमा निलम्बन तथा जरिवाना भए।

पाँचौ चरणमा यति धेरै विशेषता भए । अनि अर्को यस चरणका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमै भयो ।
000
चौथो चरण सकिएपछि एक दिन नियमित लिग ब्रेक थियो । तर ब्रेककै दिन वर्षा भएपछि दशरथ रंगशाल भिज्यो । मैदान भिजेर खेलाउन लायक नभएको भन्दै आयोजक एन्फाले पाँचौं चरणको खेलहरु दुई दिनपछि सार्दै पुस २१ गतेबाट सुरु गर्‍यो । तीन दिनको ब्रेकपछि पाँचौं चरणको खेलहरु दशरथ रंगशालमा सुरु भएको थियो ।

जहाँ पहिलो खेल गोलहरित बराबरीमा सकिँदा कुल ४ खेल बराबरीमा सकिए तीन खेलमा मात्र स्पष्ट जित हार निस्कियो । हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबले पनि गोलरहित बराबरी खेले ।

लिगकै दुई रोमाञ्चक खेल भने बराबरीमा सकिए । लिगको उपाधि दाबेदार दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले २-२ को बराबरी खेले । यस्तै सन्तोष साहुखलले लिगमा सय गोल पूरा गरेको खेलमा उनको क्लब च्यासलले नेपाल पुलिससंग २-२ कै बराबरी खेल्यो ।

अन्य खेलमा थ्री स्टारले ललितपुरे डर्बीमा ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले हरायो । पाँचौ चरणको अन्तिम दिन बिहीवार दुई खेल हुँदा एक खेलमा सर्वाधिक ६ गोल भयो अर्को खेल जित्दै आर्मी शीर्ष स्थानमा उक्लियो ।

गत सिजनको उपविजेता संकटा क्लबले विभागीय टोली एपीएफलाई ४-२ ले पराजित गर्दा दिनकै दोस्रो खेलमा आर्मीले सरस्वती युथ क्लब विरुद्ध १-० को साँघुरो जित हात पार्‍यो ।

पाँचौ चरणको सबैभन्दा रोमाञ्चक खेल मनाङ र मछिन्द्र तथा पुलिस र च्यासलबीच नै भयो । एकै खेलमा धेरै गोल गर्ने कीर्तिमान सकंटा र एपीएफ क्लबको खेलमा भयो ।

मनाङ  र मछिन्द्रबीचको खेल लिगको उपाधि होडको लागि भाइटल थियो । साथै कसले जित्दा भन्ने पनि थियो । यही खेलमा दशरथ रंगशालमा ३ हजार दर्शकसमेत उपस्थित थिए,  जुन यस सिजन लिगमा सबैभन्दा धेरै हो । गत सिजन मनाङले लिग जित्दा कप्तान विराज महर्जनसहितका १० खेलाडी यस सिजन मनाङ छाडेर मछिन्द्र पुगेका थिए ।

त्यसैले पनि यो प्रतिष्ठाका लागि पनि थियो । मछिन्द्रका लागि दुवै गोल मनाङका पूर्व खेलाडी सुजल श्रेष्ठ र एडालाजा सोमिडेले गरे । दुवैले गोलको सेलेब्रेसन भने गर्न पूर्व क्लब विरुद्ध सम्मान देखाए । मनाङका लागि फेमी जोसुअ र विमल रानाले गोल गरे । विमलले नै खेल सकिन दुई मिनेट अघि गोल गरेपछि खेल बराबरी भएको थियो ।

तर खेल सकिनेबित्तिकै मैदानमा जे भयो त्यो भने ठिक थिएन । मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दीपक राईबीच हात हालाहालको स्थितिमा सुरु भएको काण्ड एन्फा अनुशासन समितिले ६ खेलाडीलाई निलम्बनका गरेपछि सकिएको छ ।

एन्फा अनुशासन समितिले मनाङका जगजित र अशोक बराललाई ५ खेलको निलम्बनसहित १० हजार जरिवाना लगाएको छ । मनाङका बेन्चमा रहेका अशोक बरालले खेलपछि मैदान पुगेर देवेन्द्र तामाङलाई मुक्का प्रहार गरेका थिए । त्यसैले उनलाई रातो कार्डसमेत देखाइएको थियो ।  साथै मनाङका रन्जन विष्ट अनि मछिन्द्रका देवेन्द्र तामाङ, दीपक राई र विजय धिमाललाई पनि २ खेलको निलम्बन गरेको छ । यस्तै दुवै टिमलाई आफ्ना खेलाडी अनुशासनमा राख्न नसकेको भन्दै ५०-५० हजार जरिवाना लगाएको छ ।

अर्को सम्झनलायक खेल बन्यो च्यासल भर्सेस पुलिस । यसै खेलमा सन्तोष साहुखलले ए डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए । च्यासल दुई पटक पछि परेको अवस्थामा उनै सन्तोषले दवै पटक गोल गर्दै उद्धार गरे । लिगमा सन्तोषको गोल संख्या १०१ पुगेको छ ।

संकटाले सिजन दोस्रो जित हात पार्दा एपीएफलाई ४-२ ले हरायो । यस सिजन एउटै खेलमा धेरै गोल हुने खेल यही बन्यो । संकटाले जित हात पार्दा एपीएफ भने संकटमा परेको छ ।

पाँचौ‌ं चरणसम्म पनि तीन टोलीले अपराजित यात्रा कायमै राखे। पाँचौं चरणको अन्तिम दिन विभागीय टोली आर्मी अंक तालिकामा शीर्ष स्थानमा उक्लियो । मनाङ र मछिन्द्रसँगै जावलाखेलले पनि अपराजित यात्रा कायम राखेको छ । जावलाखेलले यस राउण्डमा एनआरटीसँग गोलरहित बराबरी खेल्यो । यस खेलमा गोल नखाएपछि जावलाखेलका गोलकिपर टेकेन्द्र थापा यस सिजनमा धेरै क्लिन सिट राख्ने खेलाडी बने । उनले ४ खेलमा कुनै गोल खाएका छैनन् । यस सिजन लिगमा उनले एक गोल मात्र खाएका छन् ।  जावालखेलले संकटासँग १-१ को बराबरी खेल्दा टेकेन्द्रले एक गोल खाएका थिए ।

सरस्वतीलाई १-० ले पराजित गरेपछि आर्मी चार खेल जित्दै शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलबाट ४ अंक जोडेको आर्मीले मनाङलाई १ अंकले पछि पारेको छ । तर उपाधि होडमा रहेका ४ क्लबबीच दुई अंकको मात्र अन्तर छ । आर्मी १२ मनाङ ११ मछिन्द्र १० र थ्री स्टार उपाधि होडमा अगाडि छन् । लिगको अन्त्यसम्म पनि यिनै चार टोलीबीच उपाधिमा प्रतिस्पर्धा हुने सम्भावना छ ।

पाँचौ चरणको खेलको नतिजा

एनआरटी ०-० जावलाखेल

मनाङ २-२ मछिन्द्र

फ्रेण्ड्स ०-० हिमालयन

ब्रिगेड १-३ थ्री स्टार

च्यासल २-२ पुलिस

संकटा ४-२ एपीएफ

आर्मी १-० सरस्वती

पाँचौ‌ं चरण तथ्यांकमा

खेल : ७

जित/हार : ३

बराबरी : ४

गोलरहित बराबरी : २

क्लिनसिट : ४ (एनआरटी, जावलाखेल, हिमालयन शेर्पा, फ्रेण्ड्स, आर्मी)

पहेँलो कार्ड : २०

रातो कार्ड : २

रातो कार्ड पाउने खेलाडी : अशोक बराल (मनाङ मर्स्याङ्दी) दिपेन्क सिंह (ब्रिगेड ब्वाइज)

कूल गोल : १९

गोल गर्ने खेलाडी : १७

सोमिडे एडालेजा, विमल राना, सुजल श्रेष्ठ, फेमी जोसुअ, शुसान श्रेष्ठ, अनन्त तामाङ, वासिउ हाजमत, रोसन राना मगर, सन्तोष साहुखल, सुमन लामा, निर कुमार राई, लक्ष्मण रुचाल, अजयी मार्टिन्स कोयोडो, नविन लामा, कर्ण सुब्बा, आशिष लामा, जर्ज प्रिन्स कार्की ।  

पाँचौ चरणपछि समग्रमा तथ्याङ्क

कूल गोल  : ७०

गोलकर्ता : ४९

पहेँलो कार्ड : ७८

रातो कार्ड : ८ (५ दोहोरो पहेँलो कार्ड)

पाँच खेल जित्ने : छैन

चार खेल जित्ने : आर्मी

अपराजित : मनाङ, मछिन्द्र, जावलाखेल

पाँच खेल हार्ने : सरस्वती क्लब

धेरै गोल गर्ने टिम : मछिन्द्र क्लब ९ गोल

थोरं गोल गर्ने : सरस्वती युथ क्लब १ गोल

थोरै गोल खाने : जावलाखेल युथ क्लब १

धेरै गोल खाने : सरस्वती १० गोल

सर्वाधिक गोलकर्ता

सन्तोष साहुखल : ५ गोल

सुमन लामा : ४ गोल

सोमिडे एडालेजा, विमल राना, आशिष लामा : ३ गोल

सरोज तामाङ, ड्याड्डी जुनिएर वाम्बा, जुनिएर निकेनगुए, नवयुग श्रेष्ठ, अनन्त तामाङ, लक्ष्मण रुचाल, रोसन राना मगर, अजयी मार्टिन्स कोयोडो : २ गोल

योगेश गुरुङ, दिपक राई,  दिनेश हेन्जन, शक्ति राई,  जोर्डन ओवाना,  देवेन्द्र तामाङ, जय गुरुङ, दिपेश आले मगर, त्रिदेव गुरुङ, प्रविन कुमार स्याङ्तान, दयानन्द सिंह, सुशिल राई, पिटर सेगुन, रेजिन सुब्बा, दर्शन गुरुङ, अमिर श्रेष्ठ, जगजित श्रेष्ठ, भरत खवास, टेक बहादुर बुढाथोकी, भोला सिलवाल, उत्तम राई, रन्जन विष्ट, रुप बहादुर लामा, विजय घलान, विजय गुरुङ, अमित तामाङ, सन्तोष तामाङ, विनोद केसी, सुजल श्रेष्ठ, फेमी जोसुअ, शुसान श्रेष्ठ, वासिउ हाजमत, निर कुमार राई, कर्ण सुब्बा, नविन लामा, जर्ज प्रिन्स कार्की : १ गोल  

पाँच वटै खेलमा क्लिनसिट राख्ने गोलकिपर : 

धेरै क्लिनसिट राख्ने गोलकिपर

टेकेन्द्र थापा, जावलाखेल – ४ खेल

प्रिसो निएङ्गा,  थ्री स्टार – ३ खेल

दिप कार्की, मनाङ – ३ खेल

विशाल श्रेष्ठ, मच्छिन्द्र – ३ खेल

शत्रुघन चौधरी, पुलिस – ३ खेल

विकेश कुथु, आर्मी – ३ खेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment