+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

धनुषामा युवकलाई ठक्कर दिने टिपरको चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १४:४७

२५ पुस, काठमाडौं । अवैध नदी उत्खनन्को विरोध गर्ने युवकलाई धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर ‘हत्या’ गरिएको घटनामा अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको हो ।

शुक्रबार बिहान टिपरको ठक्करबाट स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले भने, ‘चालकलाई नियन्त्रणमा लिएर हामीले विस्तृत अनुसन्धान थालेका छौं ।’

घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए । उनको खोजीमा परिचालित टोलीले ढल्केवर पश्चिमबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामकुमार यादवले अनलाइनखबरलाई बताए ।

पीडित परिवारले पनि हत्या गरेर किचिएको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?