+
+
Shares

मन्त्री ढकाल र बाँस्कोटालाई थपियो मन्त्रालयको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १८:५१

२५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार मन्त्री ढकाललाई कानून तथा संसदीय मामिला र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थप गरेकी हुन् ।

गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री ओलीले रोकेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै दुई मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान बमोजिम ढकाल र बाँस्कोटालाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?