+
+
Shares

राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १९:५४

२५ पुस, काठमाडौं । निर्वाचन आयोगले आगामी ९ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन एवं उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उम्मेदवारहरुलाई सम्बन्धित पार्टीको चुनाव चिन्ह समेत प्रदान गरेको आयोगले जनाएको छ ।

१८ जना राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टी नेपालका ७, नेपाल मजदुर किसान पार्टीका २ र राष्ट्रिय जनता पार्टीका २ जना उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?