+
+

दिलिप हत्या प्रकरण : क्रसर व्यवसायी विपिन महतो पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २६ गते ११:५४
दिलिप महतो र उनलाई किचेको टिपर

२६ पुस, जनकपुरधाम । क्रसर व्यवसायी विपिन महतो पक्राउ परेका छन् । मिल्स एरियास्थित ससुराली घरबाट शनिबार बिहान उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए ।

अवैध उत्खनन् मार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतोको मृत्युको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यका अनुसार क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए ।

धनुषाको मिथिला नगरपालिका-५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा शुक्रबार टिपरले किचेर दिलिपको हत्या गरिएको थियो ।

महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यहीँ उनीमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?