Comments Add Comment

हिमालय रोडिजकी प्रतियोगीले जब यौनहिंसाको कुरा खोलिन्

काठमाडौं ।  ‘म सानै छँदा अंकल पर्नेबाट यौनहिंसाको शिकार भएँ । मेरो आमाबुवा नभएकाले अंकल पर्नेले ममाथि यौनजन्य दूर्व्यावहार गरिरह्यो । मैले यो कुरा कसैलाई सुनाउन सकिन, परिवारलाई पनि । अहिलेसम्म मनमै लुकाएर राखें । आज यहीा कार्यक्रममा पहिलो पटक भन्दैछु ।’ बोल्दाबोल्दै उनी भक्कानिन्छन् । आँशु लुकाउन सक्दिनन् ।

सिर्जनालाई सोधिन्छ, ‘अंकलले त्यस्तो व्यवहार गरिरहँदा पनि किन चुपचाप बसेकी ? किन कुरा लुकाएकी ?’

सिर्जना भन्छिन्, ‘परिवारमा कलह नहोस् भनेर ।’

सम्मुखमा बसेका टिम लिडरले उनलाई यस्ता कृत्यमाथि खुलेर विद्रोह गर्नुपर्ने सुझाउँछन् । त्यसपछि उनीमाथि दूव्र्यवहार गर्ने ‘अंकल’माथि रिस पोखाउन लगाइन्छ । सिर्जना अब अंकलमाथि आफ्नो भडास पोख्न थाल्छिन् ।

हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको ‘हिमालय रोडिज सिजन-३’ अन्तर्गत चितवन अडिसनको दृश्य हो यो । त्यसो त हिमालय रोडिज एक साहस, रोमाञ्चकता र रहस्यको खेल हो । यो एडभेन्चर रियलिटी शोमा त्यस्ता तन्नेरीहरु चुनौती मोल्न आइपुग्छन्, जो आफुलाई पृथक र अब्बल देखाउन चाहन्छन् । यद्यपि प्रतियोगितामा सामेल भइरहँदा उनीहरुले आफ्ना तीता-मीठा विगत पनि खोतल्ने गरेका छन् । आफ्ना भडास पोख्ने गरेका छन् ।

कसैले होस्टलमा सिनियरबाट बुलिङको शिकार भएको बताएका छन् भने कसैले यौन दूर्व्यवहार  झेलेको कुरा सुनाएका छन् ।

साहसिक एवं रोमाञ्चक, आश्चर्यजनक एवं कौतुहलताले भरिपूर्ण ‘हिमालय रोडिज’को तेस्रो संस्करण जारी छ । यसमा तन्नेरी पुस्ताको क्रेज लोभलाग्दो छ । थरीथरीका तन्नेरीले प्रतियोगितामा सहभागिता जनाइरहेका छन् ।

प्रतियोगिताका लागि धरान, चितवन, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन लिइएको थियो ।

प्रतियोगिताको दुई सिजन निकै लोकपि्रय रह्यो । पहिलो र दोस्रो सिजनमा तीन जना निर्णयक थिए । यस सिजनमा भने चार जना टिम लिडर छन् । यस सिजनका लागि रेमनदास श्रेष्ठ होस्ट बनेका छन् भने ग्याङ लिडरमा आशिष राना ‘लाहुरे’, दीया मास्के, अनुपविक्रम शाही र समन श्रेष्ठ छन् ।

यो भारतीय फ्रेन्चाइज शो एमटिभी रोडिजको नेपाली संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment