+
+
Shares
सभापतिका उम्मेदवार खड्गीले भने :

‘गगन मेरा विद्यार्थी हुन्, आन्तरिक लोकतन्त्र मजबुत पार्न उम्मेदवारी दिएँ’

गगन थापा सिद्धार्थ वनस्थली स्कुलमा पढ्दा खड्गी त्यहाँका शिक्षक थिए

‘नौ जना सभापति निर्वाचित भएर सभापति भएका छन् । १५औँ महाधिवेशनमा पनि निर्वाचित भएर सभापति हुनुपर्छ भन्ने मान्यताका साथ म आएको हुँ’, खड्गीले भने।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १६:०३

२० असोज, काठमाडौं । कांग्रेसका सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।

खड्गीले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको र कतिपय अवस्थामा कम्युनिस्ट पार्टीमा देखिने द्वधै चरित्रजस्तो अवस्था देखिएको टिप्पणी गरे। उनले पार्टीको विधि र पद्धतिलाई बलियो बनाउन आन्तरिक प्रतिस्पर्धा आवश्यक रहेको बताए।

उनले कांग्रेसका नेता गगन थापाप्रति आफू सम्मान र सद्भाव राख्ने उल्लेख गर्दै थापा आफ्नो आदरणीय नेता भएको बताए।

‘नौ जना सभापति निर्वाचित भएर सभापति भएका छन् । १५औँ महाधिवेशनमा पनि निर्वाचित भएर सभापति हुनुपर्छ भन्ने मान्यताका साथ म आएको हुँ’, खड्गीले भने।

खड्गीले आफूले पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धालाई स्थापित गर्न सभापतिमा उम्मेदवारी दिएको स्पष्ट पारे ।

उनका अनुसार कांग्रेसमा आन्तरिक प्रतिस्पर्धामा आउनुपर्ने कतिपय व्यक्तिहरू छुट्न सक्ने भएकाले सभापतिको प्रतिस्पर्धामा आएका हुन् ।

गगन थापासँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै खड्गीले आफूले कुनै समय थापालाई पढाएको समेत बताए। ‘म सिद्धार्थ बनलस्थलीमा उहाँको शिक्षक थिएँ, त्यही विद्यालय उहाँ विद्यार्थी’, उनले भने।

आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र विधि–पद्धति बलियो बनाउने प्रयासका रूपमा लिनुपर्ने उनको भनाइ छ।

खड्गीले आफू करिब ४० वर्षदेखि लोकतन्त्रप्रति प्रतिबद्ध भएर काम गर्दै आएको दाबी गर्दै निर्वाचनको परिणामलाई आफूले व्यक्तिगत रूपमा महत्त्व नदिने बताए। ‘विजय-पराजय जे भए पनि मतलव छैन, म कांग्रेसलाई बलियो बनाउन आएको हुँ’, भन्दै उनले पार्टीप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

उनले थापा सभापति बने पनि आफूले लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्ने बताए। सभापतिको निर्वाचनमा प्रतिस्पर्धा हुनु नै कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?