Comments Add Comment

पर्साका दुई स्थानमा आगलागी, ८ लाख बराबरकाे धनमाल नष्ट

२७ पुस, वीरगञ्ज । पर्साका छुट्टाछुट्टै दुई स्थानमा आगलागी भएको छ । घटनामा ८ लाख बराबरका धनमाल जलेर नष्ट भएको छ ।

वीरगञ्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकामा आगलागी भएको हो ।

शनिबार दिउँसो वीरगञ्ज–१३ नारायणी यातायात कार्यालय वीरगञ्ज परिसरमा रहेको कृष्णाप्रसाद खनालको खाजा चिया क्यान्टिनमा आगलागी भएको थियो । खाजा पकाउने क्रममा ग्यास सिलिण्डरको पाइपबाट आगालागी भएको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ । महानगपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरी आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट क्यान्टिनमा रहेको फ्रिज २ थान, टेबल २ थान, र्‍याक २ थान, बेन्च ८ थान, भाडाकुडा, लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ ।

त्यसैगरी, शुक्रबार राति जगरनाथपुर–५, मसिहानीस्थित जमदिन मियाँको फुसको घर र गोठ आगोले जलेको छ । इलाका प्रहरी कार्यालय, पोखरियाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment