+
+
Shares

भारी वर्षाले दुबईको अन्तर्राष्ट्रिय विमानस्थल जलमग्न

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते ९:२७

२७ पुस, काठमाडौं । भारी वर्षाका कारण दुबईको हवाई सेवा अस्तव्यस्त भएको छ । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल जलमग्न भएपछि उडान प्रभावित भएको छ । उडान प्रभावित भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

दुबईको यो विमानस्थल विश्वकै व्यस्त विमानस्थलहरुमध्ये एक हो । शनिबार भारी वर्षाका कारण जलमग्न भएपछि कयौं उडान रद्द भए । अधिकांश उडान पूर्वतालिकाअनुसार भएनन् । कतिपय विमानहरु डाइभर्ट भए । समाचार एजेन्सी रोयटर्सका अनुसार हवाई उडानहरु १४ घण्टासम्म डिले भए ।

सामाजिक सन्जालमा भाइरल भएको एक भिडियोमा मकतुम विमानस्थलको रनवे पानीमा डुबेको देखिन्छ ।

हवाई सेवा अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरुलाई वैकल्पिक व्यवस्था गर्न लागिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?