+
+
Shares

कनकमुनि बुद्धको जन्मस्थलमा पूर्णिमा उत्सव

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते ११:४०

२७ पुस, बुटवल । कपिलवस्तुमा रहेको बुद्धकालीन महत्त्वको अरौराकोटमा पूर्णिमा उत्सव मनाइएको छ । प्रदेश ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पुस पूर्णिमाका अवसरमा पूर्णिमा उत्सव मनाएको हो ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११, अरौराकोटमा रहेको यो ठाउँलाई कनकमुनि बुद्धको दरबारस्थल तथा जन्मभूमि मानिन्छ । कनकमुनिलाई सिद्धार्थ गौतम बुद्ध भन्दा पहिलाका बुद्ध मानिन्छ । उनै बुद्धको दरबार (राजप्रासाद) रहेको स्थलमा पहिलोपटक प्रदेश सरकारको मन्त्रालयले पूर्णिमा उत्सव दिवस मनाएको हो ।

पूर्णिमा उत्सवका अवसरमा दीप प्रज्वलन गरिएको थियो । हरेक पूर्णिमाका अवसरमा पर्यटन मन्त्रालयले बुद्धकालीन महत्त्वका सबै स्थलहरुमा उत्सव मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?