+
+
Shares

पृथ्वीनारायणको दृष्टिकोण गणतन्त्रमा पनि सान्दर्भिक : राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १२:२५

२७ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दृष्टिकोणहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक भएको बताएकी छन् ।

पृथ्वी जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गरेको भन्दै प्रशंसा गरेकी छन् ।

‘नेपाली समाज सांस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गर्नुभएको थियो,’ शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ ।’

उनले लेखेकी छन्, ‘जनचाहनालाई सर्वोपरि ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरु मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएकाले आजको यस ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने कुरा महसुस गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?