
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग भेटवार्ता गरेका छन् । दुबै नेतालाई आफ्नै निवासमा बोलाएका थिए ।
भेटमा नेताहरुबीच पार्टीमा देखिएको विवाद सहमतिबाटै समाधान खोज्ने सहमति भएको छ ।
स्रोतकाअनुसार वरिष्ठ नेता पौडेल भोलि स्वास्थ्य उपचारका लागि भारत जाँदैछन् । उनी फर्किएपछि थप कुराकानी हुने बताइएको छ । ‘उहाँहरुबीच सौहार्दपूर्ण कुराकानी भएको छ र रामचन्द्र दाइ फर्किएपछि सहमतिबाटै निकास निस्कन्छ’ नेता रमेश लेखकले भने ।
पुस ११ मा संस्थापन पक्षले बहुमतका आधारमा १४औं महाधिवेशनको मिति तोक्नुका साथै ४७ वटा विभाग बनाउने र विधानका विभिन्न धारा निलम्बन गर्ने निर्णय गरेको थियो ।
त्यसअघि नै केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको पौडेल र सिटौला समूहलाई यो निर्णयले थप चिढ्यायो । र, सभापतिसँग मात्र सम्वाद गर्ने अडान लिएका थिए ।
प्रतिक्रिया 4