+
+
Shares

प्राज्ञ बुँद राना स्रष्टा सम्मानका लागि छनोट

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १०:१२

बुटवल । प्राज्ञ बुँद राना न्यू होराइजन श्रष्टा सम्मान २०७६ का लागि छनोट भएका छन् । बुटवलको न्यू होराइजन मावि बुटवल अन्तर्गतको न्यू होराइजन साहित्य परिषदले २०७४ सालदेखि साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका श्रष्टाहरु मध्येबाट हरेक वर्ष एकजनालाई सम्मान गर्दै आएको छ ।

जस अनुसार २०७६ मा प्राज्ञ राना सम्मानका लागि छनोट भएका घोषणा गरिएको हो । भैरहवा निवासी प्राज्ञ राना गजल विधाका चर्चित साहित्यकार हुन् ।

रानालाई आगामी माघ २७ गते आयोजना हुने विद्यालयको ३० औं वार्षिकोत्सवमा २१ हजार नगदसहित सम्मान गरिने परिषदका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए ।
परिषदले यसअघि २०७४ मा कवि अजम्बरध्वज खाती र २०७५ मा साहित्यकार रामचन्द्र भट्टराईलाई सम्मान गरेको थियो ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले संस्थाले शैक्षिक गुणस्तरसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत श्रष्टा सम्मान कार्यक्रम थालनी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?