
बलिउड नायक वरुण धवन अहिले चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’को प्रचार प्रसारमा व्यस्त छन् । उनी अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ पनि पोष्ट प्रोडक्सनमा छ ।
यी दुई चलचित्र पाइपलाइनमै रहेको अवस्थामा बरुणको नयाँ चलचित्रको फस्टलुक रिलिज गरिएको छ । शशांक खैतानको निर्देशनमा बन्न लागेको चलचित्र ‘मिस्टर लेले’मा उनी मुख्य भूमिकामा देखिने भएका हुन् । सोमबार चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।
सार्वजनिक पोस्टरमा वरुणलाई फरक अवतारमा देखाइएको छ । उनी पोस्टरमा अर्धनग्ङ्न अवस्थामा छन् । हतास अवस्थामा देखिएका वरुणको हातमा पेस्तोल पनि छ । कम्मरमा सानो झोला पनि बाधेका छन् । प्राय लभर व्याईको भूमिकामा देखिने वरुणको यो अवतार फरक लाग्छ ।
करण जोहरले निर्माण गर्ने यो चलचित्रका अन्य कलाकार भने खुलाइएको छैन् । सन् २०२० को मध्यतीर छायांकनमा जाने यो चलचित्रलाईसन् २०२१ को जनवरी १ मा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।
प्रतिक्रिया 4