+
+
Shares

सुरुङ्गा-१ का वडाध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १५:०१

२८ पुस, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका-१ का अध्यक्ष मुक्ति कार्कीको आइतबार राति मृत्यु भएको छ । ५५ वर्षीय कार्की केही समयदेखि अस्वस्थ्य थिए ।

घरमा सुतिरहेकै बेला उनको निधन भएको नगरपालिकाले जनाएको छ । श्रीमती, दुई छोरी र एक छोराका पिता वडाध्यक्ष कार्कीको सोमबार नै अन्त्येष्टि गरिने बताइएको छ ।

कार्कीको निधन भएपछि नगरपालिकाले सोमबार शोक विदा दिने निर्णय गरेको छ । उनको निधनको शोकमा सोमबार नगरपालिकाभित्रका सम्पूर्ण कार्यालयमा बिदा रहने नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले जानकारी दिए ।

कार्की २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?