+
+
Shares

काठमाडौंमा पैदलयात्रीलाई बाटो काट्न सिकाउँदै ट्राफिक (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७६ पुष २८ गते १५:१९

२८ पुस, काठमाडौं । पुरानो बसपार्क क्षेत्रमा सधैंभन्दा धेरै ट्राफिक प्रहरी खटिएका छन् । नियमित जस्तो उनीहरुको हातमा सिट्ठी र रसिद मात्रै छैन ।

सडकमा खटिएका केही ट्राफिक प्रहरीको हातमा पम्पलेट छ । अधिकृतहरू  ‘हृयाण्ड माइकबाट’ बोलिरहेका छन् । पैदल यात्रु झुम्मिएर सुनिरहेका छन् । यो पैदल यात्रुलाई सचेत गराउँदै गरेको दृश्य हो ।

पैदलयात्रीले जथाभावी सडक पार गर्न थालेपछि सोमबार ट्राफिकले सडकमै सचेतनामूलक कार्यक्रम गरेको छ । ‘आँकाशे पुलको प्रयोग गरौं, दुर्घटनाबाट बचौं’ भन्ने नाराका साथ प्रहरीले सर्वसाधारणलाई सडकमै कार्यक्रम गरी सचेत बनाउने थालेको हो ।

ट्राफिकले सोमबार रत्नपार्क, पुरानो बसपार्क लगायतका क्षेत्रमा यसरी पैदल यात्रुलाई ट्राफिक नियमको ज्ञान बाँड्दै आँकाशे पुलको प्रयोग गर्न प्रेरित गरेको छ ।

थप तस्वीरहरू –

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?