+
+
Shares

उपसभामुख तुम्बाहाम्फेको राजीनामा नदिने अडानप्रति अधिकारकर्मीको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १८:५०

२८ पुस, काठमाडौं । महिला अधिकारकर्मीहरूले प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको अडानले सबैको शीर उच्च बनाएको निष्कर्ष निकालेको छ ।

अधिकारकर्मीहरूको सोमबार राजधानीमा सम्पन्न भेलाले उपसभामुखबाट राजिनामा नदिने तुम्बाहाम्फेको अडानको समर्थन गरेको हो ।

महिला आन्दोलनमा संलग्न ७० भन्दा बढीको सहभागिता रहेको बताइएको भेलाले सभामुखका लागि तुम्बाहाम्फे नै योग्य रहेको समेत दाबी गरेको छ ।

भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘उपसभामुखको रुपमा डा. तुम्बाहाम्फेले अहिलेसम्म गर्दै आएको काममा कतै पनि विवाद नआएको र आफूलाई प्राप्त जिम्मेवारी इमान्दारी तथा कुशलताकासाथ निर्वाह गरेकाले अबको सभामुखमा उहाँलाई उपयुक्त ठानी राजनीतिक दलहरूबाट विवेकपूर्ण निर्णय हुनेमा विश्वस्त छौं ।’

सभामुख चयनको विषयलाई लिएर जनप्रतिनिधिमुलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखेकोप्रति भेलाले चासो देखाएको छ । उपसभामुखको राजिनामा र सभामुख कसलाई बनाउने भन्ने टुँगो नहुँदा प्रतिनिधिसभा बैठक पटक पटक सर्दै आएको छ ।

कृष्णबहादुर महराको राजीनामापछि प्रतिनिधिसभा सभामुखविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?