
२८ पुस, बुटवल । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री (गृहमन्त्री) कुलप्रसाद केसीले सुरक्षा निकायको ब्यवस्थापकीय पक्ष मिलाउन स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।
अहिले संघ र प्रदेशले मात्र सुरक्षा निकायलाई धान्न सक्ने अवस्था नरहेको भन्दै उनले स्थानीय तहले पनि सुरक्षा निकायको लागि १० प्रतिशत रकम विनियोजन गर्नु पर्ने सुझाव दिए ।
“समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी प्रधान कार्यालयको सम्मान पत्र वितरण कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर ५ कानून निर्माणमा अगाडि रहेको दाबी गरे ।
प्रदेशसभा सदस्य सन्तोष पाण्डेले अहिले समुदाय र प्रहरीको सहकार्यले समाजमा अपराध धेरै कम भएको जिकिर गरे । उनले अपराध घटे पनि यी दुवैका सहकार्यमा अनुसन्धान गर्न सहजता आएको बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका १६ वटा स्थानीय तहलाई प्रहरी प्रधान कार्यालयले सम्मान गरेको थियो ।
प्रतिक्रिया 4