Comments Add Comment

ए डिभिजन लिगमा छैटौं चरणको अन्तिम खेल आज, आर्मीलाई शीर्ष स्थानमा फर्कने मौका

२९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार छैटौं चरणको एक मात्र खेल हुँदैछ । आर्मी र संकटा क्लबले दिउँसो ३ बजे प्रतिस्पर्धा गर्न लागेका हुन् ।

पाँचौ चरणको अन्तिम खेलमा सरस्वती युथ क्लब विरुद्ध १-० को जितपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिग २०७६ मा पहिलो पटक शीर्ष स्थानमा उक्लेको थियो । छैटौं चरणको ७ मध्ये ६ खेल सकिँदा भने आर्मी दोस्रो स्थानमा झरेको छ । ६ खेलबाट अपराजित रहँदै १३ अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा छ ।

मंगलबारको खेलबाट फेरि एक पटक आर्मीलाई शीर्ष स्थानमा उक्लने मौका छ । संकटालाई पराजित गर्न सके आर्मीले मच्छिन्द्रलाई २ अंकले पछि पार्नेछ । बराबरी खेले पनि मच्छिन्द्रसँग आर्मीको अंक बराबरी हुनेछ ।

लिगको दोस्रो खेलमै मनाङसँग पराजित भएयता आर्मीले लगातार तीन खेल जितेको छ र तीनवटै खेलमा क्लिनसिट राख्न सफल भएको छ । यसले पनि आर्मी बलियो बन्दै गएको संकेत गर्छ

आर्मी र मनाङ मर्स्याङ्दी क्लबको समान १२ अंक छ, तर गोल अन्तरमा आर्मी अगाडि छ । छैटौं चरणमा मनाङ हिमालयन शेर्पासँग बराबरीमा रोकिँदा दुई अंक गुमाएको थियो । त्यसको फाइदा मच्छिन्द्रले उठायो र जावलाखेललाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो ।

मच्छिन्द्रले ६ मध्ये ४ खेलमा जित हात पारेको छ भने २ खेल बराबरी खेलेको छ । आर्मीले पनि ४ खेल नै जितिसकेको छ । ५ मध्ये १ खेलमा आर्मी पराजित भएको थियो । मनाङले भने ६ खेल खेल्दा शुरुवाती ३ खेलमा लगातार जित हात पारेको थियो, त्यसपछि भने लगातार ३ खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो ।

लिगको दोस्रो खेलमै मनाङसँग पराजित भएयता आर्मीले लगातार तीन खेल जितेको छ र तीनवटै खेलमा क्लिनसिट राख्न सफल भएको छ । यसले पनि आर्मी बलियो बन्दै गएको संकेत गर्छ । पहिलो खेलमा फ्रेण्ड्सलाई २-१ ले पराजित गरेको आर्मी त्यसपछि मनाङसँग १-० ले पराजित भएको थियो । त्यसयता आर्मीले हिमालयन शेर्पालाई २-०, थ्रीस्टारलाई पनि २-० ले र सरस्वतीलाई १-० ले पराजित गरेको थियो ।

उता ५ खेलबाट २ जित र १ बराबरीसहित ७ अंक जोडेको संकटा आठौं स्थानमा छ । गत सिजनको उपबिजेता संकटाले यस सिजन मिश्रित प्रदर्शन गरिरहेको छ । पहिलो खेलमै च्यासल युथ क्लबसँग २-० ले पराजित भएको संकटाले एनआरटीलाई १-० ले हरायो । त्यसपछि जावलाखेल युथ क्लबसँग १-१ को बराबरी खेलेको संकटा नेपाल पुलिससँग २-१ ले पराजित भयो । अर्को विभागीय क्लब एपीएफविरुद्ध भने संकटाले ४-२ को जित हात पार्‍यो । जुन यस सिजन लिगमा धेरै गोल भएको खेलसमेत हो ।

गत सिजन संकटाले अग्रता लिए पनि यी दुई बीचको खेलमा आर्मीले ५-१ को जित हात पारेको थियो । आर्मी जितलाई निरन्तरता दिँदै शीर्ष स्थानमा उक्लने लक्ष्यमा रहँदा संकटा पनि बदला लिने दाउमा हुनेछ ।

अघिल्लो खेलमा आर्मीका कप्तान भरत खवास केही समस्यामा देखिएका थिए । उनले चाँडै मैदान छाडेका थिए, तर खेलपछि प्रशिक्षक नवीन न्यौपानेले भरत अर्को खेलमा खेल्न सक्ने सम्भावना रहेको प्रतिक्रिया दिएका थिए । आर्मीका भरतसँगै राष्ट्रिय टिमका नवयुग श्रेष्ठ, विकेश कुथु, सुमन अर्याल जस्ता खेलाडी छन् । यस्तै सन्तोष तामाङ, दिनेश हेन्जन र सेसेहाङ आङदम्बेको मिडफिल्ड लाइन रहेको छ भने जर्ज प्रिन्स कार्की भरत र नवयुगसंगै फरवार्ड लाइनमा रहनेछन् ।

संकटामा राष्ट्रिय टिमा सरोज दाहाल र सुभास गुरुङ छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment