Comments Add Comment

ब्रोकाउलीदेखि पिँडालुसम्म, जसले मधुमेह नियन्त्रणमा सहयोग गर्छ

केही खानेकुराहरु खाँदा सुगर बढ्छ भने केही तरकारी यस्ता पनि हुन्छन् जसको सेवन गर्दा सुगर नियन्त्रणमा रहन्छ । हरियो पत्तेदार तरकारी दैनिक खाने हो भने डाइबिटिजबाट बच्न सकिन्छ । बि्रटिश मेडिकल जर्नलको एउटा रिपोर्टले यो तथ्य पत्ता लगाएको हो ।

हरियो तरकारी

ब्रोकाउलीमा भरपूर मात्रामा फाइबर हुन्छ । त्यसैले यो मधुमेह बिरामीहरुका लागि अत्यन्त लाभदायक हुन्छ । फाइबरको उच्च मात्राको अलावा यसमा क्यालोरी निकै कम हुन्छ र पर्याप्त मात्रामा भिटामिन ए र सी हुन्छ । ब्रोकाउलीको सेवन गर्दा वजन घटाउन पनि सहयोग पुग्छ ।

मधुमेहका बिरामीहरुका लागि सिमी एउटा राम्रो विकल्प हो किनकि यसमा अधिक मात्रामा प्रोटिन हुन्छ । यसका अलावा यसमा अन्य पोषक तत्व पनि हुन्छन्, जस्तै प्रोटिन, आइरन, क्याल्सियम, पोटासियम, भिटामिन ए, फोलेट र म्याग्नेसियम आदि । यसले कार्बोहाइड्रेडलाई चाँडै टुक्र्याउने काम पनि गर्छ ।

यसैगरी काउलीमा भिटामिन ए र के भरपुर मात्रामा पाइन्छ । जबकि यो म्यागजिन, फाइबर र भिटामिन बी ६ को खजाना हो । यसमा रहेको एन्टी अक्सिडेन्ट्सले मधुमेहमा औषधिको जस्तो काम गर्छ ।

पिँडालु

पिँडालुलाई तरकारीका रुपमा मात्र नभएर फलहारका रुपमा पनि खाने गरिन्छ । यद्यपि यसभित्र रहने पोषकतत्वमा हामी ध्यान दिदैनौं ।

यसमा पोटासियम, भिटामिन ए, सी, क्याल्सियम र आइरन जस्ता कैयन् जरुरी पोषक तत्व हुन्छन् । अत्यधिक फाइबरका कारणले यसलाई पचाउन पनि सजिलो हुन्छ । एन्टिअक्सिडेन्ट्सको अधिकताले गर्दा यो छालाको लागि फाइदाजनक हुन्छ । साथै यो डाइविटिजको रोगीहरुका लागि पनि लाभदायक हुन्छ ।

लसुन

लसुनले ब्लड सुगर कम गर्न एकदमै महत्वपूर्ण भूमिका निभाउँछ । त्यसैले यदि तपाईं सुगरको बिरामी हो भने दैनिक विहान लसुनको दुई-तीन कल्ली चबाउने गर्नुस । यसले उच्च रक्तचाप तथा मुटुको बिमारीलाई पनि लाभ पुर्‍याउँछ । डाइबिटिजले क्यान्सर हुने सम्भावना बढ्छ तर लसुन क्यान्सरलाई रोक्ने निकै शक्तिशाली औजार मानिन्छ ।

गाजर र काँक्रो

मधुमेहका बिरामीहरुले गाजरको सेवन गर्नैपर्छ । गाजरमा बीटा-क्यारोटिन पाइन्छ जसले इन्सुलिनलाई नियन्त्रण गर्छ ।

यसैगरी मधुमेहका बिरामीहरुका लागि काँक्रो एकदमै फाइदाजनक हुन्छ । यो भिटामिन र पोासियमबाट भरपुर हुन्छ । यसमा रहने भिटामिन सीले शरीरका कैयन् आवश्यकताहरुलाई पूर्ति गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment