Comments Add Comment

तिलोत्तमाको स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा सुरु

२९ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकले स्वास्थ्यचौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो ।

सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा सात वटा स्वास्थ्यचौकी, दुई वटा शहरी स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा थप पाँच वटा शहरी स्वास्थ्य केन्द्र स्थानपना हुने क्रममा छन् ।

१५ शैंयाको अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्यका साथ सेमराबजार स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा सुरु गरिएको नगर उप-प्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन् । सोमराबजार स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले जग्गाको समस्या समाधान हुनेवित्तिकै निर्माण अघि बढ्ने प्रष्ट पारिन् ।

चिकित्सकीय सेवा सुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले जग्गाको स्वामित्व स्वास्थ्यचौकी मातहतमा आएपछि १५ शैंयाको अस्पताल बनाइने बताए ।

स्वास्थ्यचौकीले उपयोग गरेको जग्गालाई चौकी मातहत ल्याउन आफू लागिपरेको बताउँदै उनले स्वास्थ्यचौकीलाई अस्पताल बनाउन नगरपालिका, प्रदेश र प्रतिनिधिसभाका सबै जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताए ।

५ प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले चिकित्सकीय सेवा सुरु गरेर तिलोत्तमाले राम्रो कामको प्रारम्भ गरेको बताउँदै स्वास्थ्य चौकीमा अत्यावश्यक उपकरणका लागि निर्देशनालयले आवश्यक सहयोग गर्ने बताए । निःशुल्क चिकित्सकीय सेवा सुरु गरिएको सोमराबजार स्वास्थ्य चौकीमा प्रयोगशाला समेत छ । हाल स्वास्थ्य चौकीमा डा. विनोद बढई कार्यरत छन् ।

बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई पाँच सय भत्ता

सोही अवसरमा बर्थिङ सेन्टरमा सुत्केरी भएकाहरुलाई प्रोत्साहन स्वरुप थप पाँच सय रुपैंयाँ भत्ता प्रदान गरिएको थियो । तिलोत्तमा नगरपालिकाले शून्य होम लेडिभरीलाई प्राथमिकता दिँदै आफ्नै स्रोतबाट बर्थिङ सेन्टरमा सुत्केरी हुनेहरुलाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment