Comments Add Comment

भरतपुर क्यान्सर अस्पताललाई चीनको निरन्तर साथ : राजदूत होउ

२९ पुस, चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको विकासमा चीन सरकारको निरन्तर सहयोग रहने बताएकी छन् ।

चीन सरकारको सहयोगमा निर्माण भएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सोमबार निरीक्षणपछि आयोजित कार्यक्रममा राजदूत होउ याङ्छीले आगामी दिनमा अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्ने दृढता व्यक्त गरिन् । क्यान्सर अस्पतालमा चीनले विभिन्न उपकरण तथा जनशक्ति दिएर सघाउँदै आएको छ ।

उनले नेपाली जनतालाई अर्बुद रोगको उच्चस्तरको उपचार दिन चिनियाँ चिकित्सक समूह सधै प्रतिबद्ध भएको बताइन् ।

अस्पताल स्थापनापछि चिनियाँ चिकित्सक समूहलाई अस्पतालका चिकित्सक कर्मचारीले गरेको सहयोग र समन्वयप्रति उनले आभार प्रकट गरिन् । सो अवसरमा राजदूत होउले अस्पताललाई भिडियो एक्सरे र शल्यचिकित्सा उपकरण तथा अर्बुदरोगीलाई आवश्यक पर्ने औषधि उपलब्ध गराएकी थिइन् ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालको अवस्था र भावी योजनाबारे जानकारी गराएका थिए । क्यान्सर अस्पताल विसं २०५७ मा निर्माण पूरा भइ सञ्चालन हुँदै आएको छ ।

अस्पताल स्थापना भएयता निरन्तर रुपमा १४ चिनियाँ चिकित्सक र दुई सहयोगी रहँदै आएका छन् । उनीहरुको तलबभत्ता चीन सरकारले बेहोर्ने गरेको छ ।

क्यान्सर अस्पतालमा हाल ४५० शैय्यामा सञ्चालित छ । गत वर्ष एक लाख ३१ हजार बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment