Comments Add Comment

‘साङ्लो’ गीतमा विराजसँग रोमान्टिक निकिता

नायक विराज भट्ट आफू निर्देशित डेब्यू चलचित्र ‘साङ्लो’लाई उत्कृष्ट बनाउन लागिपरेका छन् । चलचित्रमा उनीसँगै डेब्यू नायिका निकिता चण्डकको पनि भविष्य जोडिएको छ । यसैले पनि विराज र निकिता दुबै चलचित्रको हाइप बनाउन हरसंभव प्रयास गरिरहेका छन् ।

पहिलो गीत ‘चरीले काफल’ औषत चलेपछि विराजले दोश्रो गीतको छायांकन गरिरहेका छन् । सुरेश अधिकारीको संगीत, अन्जु पन्त र निशान भट्टराइको स्वर रहेको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् । डान्सिङ नम्बरको यो गीतको छायांकन सकेको केही दिनमै सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ ।

चलचित्रको छायांकन सेटबाट बाहिरिएको तस्वीरमा विराज र निकिता मस्ती मुडमा देखिएका छन् । निकितालाई बोल्ड अवतारमा देख्न सकिन्छ । यो गीतबाट विराजले पनि ठूलो अपेक्षा राखेका छन् ।

माघको २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, अमित गिरी लगायतका कलाकारको अभिनय छ । शिवम् अधिकारीको लेखनमा तयार भएको चलचित्रमा श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

तस्वीर सौजन्यः ज्ञानु राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment