+
+
Shares

सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा वडा सभापति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजारमा दुई समुदायबीचको घटनासँग सम्बन्धित सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खान पक्राउ परेका छन्।
  • गत साउन १४ गतेको तोडफोड र आगजनीमा मुख्य भूमिका रहेको आरोपमा खानविरुद्ध दुई महिनाअघि जाहेरी परेको थियो।
  • प्रहरीले हिजो राति सोही मुदामा वडा–११ का अध्यक्ष सोहेव अनवरलाई पनि पक्राउ गरेको थियो।

९ कात्तिक, सिरहा । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको घटनासँग सम्बन्धित सार्वजनिक शान्तिविरुद्धको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खान पक्राउ परेका छन् ।

गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा खानको समेत मुख्य भूमिका रहेको आरोप लगाउँदै दुई महिनाअघि उनीविरुद्ध जाहेरी परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार खानलाई गोलबजार क्षेत्रबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका खानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए ।

हिजो राति मात्र सोही मुदामा प्रहरीले वडा–११ का अध्यक्ष सोहेव अनवरलाई पनि पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?