Comments Add Comment

‘गंगुबाई काठियावाडी’मा ‘माफिया क्विन’ आलिया

चलचित्र ‘इन्साअल्ला’ निर्माण नहुने भएपछि निर्देशक संजयलिला भन्सालीका फ्यानहरुका लागि उनको नयाँ चलचित्रको प्रतिक्षा खुबै थियो । उनै, संजय यतिबेला नायिका आलिया भट्टलाई मुख्य भूमिकामा राखेर ‘गंगुबाई कठियावाडी’ निर्देशन गर्दैछन् ।

यो चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको फस्टलुकमा नायिका आलिया भट्टलाई ‘माफिया क्विन’को रुपमा प्रस्तुत गरिएको छ । भन्साली ऐतिहासिक तथा फरक कथामा चलचित्र निर्माण गर्न माहिर छन् । यो चलचित्रको कथा हुसेन जैदीको ‘माफिया क्विन अफ मुम्बइ’ नोबेलमा आधारित रहेको छ ।

चलचित्रको फस्टलुकसँगै यसको प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र सेप्टेम्बर ११ तारिखबाट रिलिज हुने यसको निर्माणपक्षले बताएको छ । बलिउडमा आफ्नो दमदार अभिनयका कारण आलिया भट्ट सधै चर्चामा छिन् । यो चलचित्र उनको करिअरका लागि अर्को कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment