Comments Add Comment

शिष्यको विश्वास गर्दा घरजग्गा लिलाम

लाखौंको ऋणमा डुबे शिवबहादुर कार्की

१ माघ, विराटनगर । आफ्नै विद्यार्थीलाई विश्वास गर्दा मोरङका शिवबहादुर कार्की ठगिएका छन् । सुनसरीको बर्जु गाउँपालिका- ५ का डा. दिलीपकुमार अधिकारीले कार्कीबाट २०६१ सालमा २७ लाख १५ हजार रुपैयाँ ऋण दिएका थिए । तर कार्कीले उक्त रकम फिर्ता पाएका छैनन् ।

एभरेष्ट साइन्स सेन्टर सञ्चालन गर्न भन्दै आफ्नै शिष्यले बिन्ती गरेपछि विश्वास मानेर घर धितोमा राखेर ऋण दिए पनि फिर्ता नपाएको कार्कीले बताए ।

महेन्द्र मोरङ क्याम्पसमा पढाउँदा आफ्नो नजिकको विद्यार्थी भएका कारण अधिकारीलाई विराटनगरको घरजग्गा धितोमा राखेर तत्कालीन सीएसआईटी (हाल महालक्ष्मी विकास बैंक) बाट ऋण दिएको उनको भनाइ छ ।

कार्कीका अनुसार अधिकारीले एक महिनाभित्र फिर्ता गर्छु भनेर ऋण लिएका थिए । अधिकारीले रकम फिर्ता नगरेपछि धितो राखेको कार्कीको विराटनगरको ३१ धुर जग्गा र १६ कोठे घर लिलामीका लागि सूचना निकालेको थियो ।

घर जग्गा खरिद गर्ने नआएपछि बैंकले नै लिलामी सकारेका थियो । २०७३ सालमा लिलामीको सूचना निकालेपछि कार्कीले एक करोड तीन लाख तिरेर आफैं घर उकासेको बताए ।

आफ्ना भएका केही घडेरी बेच्दा र बैंक तथा साथीभाइबाट ऋण लिएर घर उकासे पनि १६ वर्षसम्म अधिकारीले सापटी फिर्ता नगर्दा आफू अन्यायमा परेको कार्कीले गुनासो गरे ।

पछिल्लो समय ब्याज बाहेक ८६ लाख २१० रुपैयाँ अधिकारीले फिर्ता गर्ने गरी कागज गरेका छन् । तर रकम फिर्ता गर्न पटक पटक आग्रह गर्दा अधिकारीले मान्छे लगाएर धम्की दिने गरेको शिवबहादुरका छोरा सुभास कार्कीले बताए ।

पत्रकार महासंघको पहल

ठगिएका कार्की पत्रकार महासंघ मोरङका पूर्वअध्यक्षसमेत हुन् । आफ्ना पूर्वअध्यक्ष ठगिएपछि नेपाल पत्रकार महासंघ मोरङले डा दिलीपकुमार अधिकारीसँग रकम फिर्ता गराउन पहल गरेको थियो ।

महासंघ र सामाजिक अगुवासहितको छलफलमा अधिकारीले रकम तिर्ने भन्दै ४४ लाख १० हजार दुई सय १० र ४१ लाख १० हजारको चेक हस्तान्तण गरेका थिए । तर, २०७६ असोज ३० र मंसिर ३० मा दिएका दुवै चेक साटिएनन् ।

पत्रकार महासंघको पहलमा वैशाखमा बसेको छलफलमा उनले ९१ लाख रुपैयाँ तिर्ने सहमति गरेर चेक दिएका थिए ।

तर त्यो चेक पनि साटिएन । एभरेष्ट बैंकमा रहेको खातामा पैसा छैन । चेक बाउन्स भएपछि अधिकारीले पुस मसान्तसम्ममा रकम फिर्ता गर्ने आश्वासन दिएका थिए । तर अधिकारीले पैसा नदिई मान्छे लगाएर धम्की दिइरहेको कार्कीले बताए ।

यता अधिकारी भने आफूले लिएको सापटी रकम फिर्ता गर्ने बताएका छन् । कार्कीलाई तिर्नुपर्ने रकमको प्रमाणका लागि चेक दिएको बताउँदै उनले विस्तारै रकम तिर्ने बताए ।

को हुन अधिकारी ?

आफूलाई युवा वैज्ञानिक भनेर चिनाउने डा. दिलीप अधिकारीले २०६२ सालमा वैदेशिक रोजगारीका लागि जापान र अमेरिका पठाउने भन्दै १११ जनाबाट पैसा उठाएर भागेका थिए ।

२०६२ सालमा अधिकारीले जापान र अमेरिका पठाउने भन्दै विद्यार्थीहरूबाट रकम उठाएर झुक्याएपछि उनलाई सुनसरीका युवाहरूले बन्धक बनाएका थिए । त्यस बेला रकम फर्काइदिने शर्तमा कार्कीले अधिकारीलाई छुटाएका थिए ।

त्यसपछि अधिकारी जापान पुगे । अधिकारीलाई कार्कीले महेन्ऽ मोरङ क्याम्पसमा पढाएका हुन् । क्याम्पस पढाउँदा नजिकिएका उनीबाट आफू कार्कीले बताए । अधिकारीबाट ठगिएकाहरूले शान्तिवन वैदेशिक रोजगार पीडित समिति गठन गरेको थिए । उनीहरुले अझै ठगिएको पैसा फिर्ता पाइसकेका छैनन् ।

चन्द्रमाबाट ल्याएको चट्टान नासाबाट एभरेष्ट साइन्स सेन्टर ल्याएर प्रदर्शन गरेका अधिकारी पछिल्लो समय लेनदेनको विवादमा फसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment