Comments Add Comment

पाककला : कसरी छिटो र मिठो पकाउने ? 

भोजन राम्रो, मिठो, स्वस्थ्यवर्द्धक भएन भने त्यसले परिवारमा गुनासो र कलह पनि पैदा गर्छ । एक हिसाबले भन्ने हो भने खाना भनेको खुसीको स्रोत पनि हो । उमंगको स्रोत पनि हो । त्यसैले त पारिवारिक जमघटमा मिठो मसिनो खाने गरिन्छ ।

अहिले भने लामो समय लगाएर मिठोमसिनो खानेकुरा बनाउने फुर्सद मिल्दैन । त्यसो त बजारमा झटपट तयार गर्न सकिने कतिपय तयारी खानेकुरा पनि पाइन्छ । यद्यपी त्यस्ता खानेकुरा स्वदिलो भएपनि स्वस्थ्यवर्द्धक हुँदैन ।

यस्तो अवस्थामा के गर्ने त ?

एकातिर मिठो मसिनो पनि खानुपरेको छ, अर्कोतिर चाडै तयार पनि गर्नुपरेको छ । यसको लागि गृहणीले केही यस्ता पूर्वतयारी वा व्यवस्थापन गर्न सक्छन्, जसले खाना पकाउने काम छिटो छरितो होस् ।

यद्यपी गृहणी भन्नसाथ महिला नै भान्सामा हुनुपर्छ भन्ने होइन । अझ खाना पकाउने काममा पुरुषले पनि साथ दिने एवं सघाउने हो भने काम छिटो हुन्छ । भान्साको माहौल पनि रमाइलो हुन्छ । आ-आफ्नो स्वादको खानेकुरा पनि बन्छ । यसले पारिवारिक वातारण रमाइलो बन्छ । खाना यसै मिठो हुने नै भयो ।

खाना बनाउनुलाई कला मानिन्छ । हामी खाना बनाउँदा अक्सर भोक मेट्ने ध्येय मात्र राख्छौं । जबकी खाना पकाउने सीप वा कला महत्वपूर्ण कुरा हो । यसलाई पाककला पनि भनिन्छ । यस्तो कला हामीसँग हुनुपर्छ ।

पाककलाले खानाको स्वाद बढाउन, गुणस्तर कायम राख्न सिकाउँछ । खाना कसरी पकाउने, कति समय पकाउने, कुन खानेकुरामा के मिश्रण गर्ने, मरमसलाको मात्रा कति प्रयोग गर्ने जस्ता सामान्य ज्ञान हुनुपर्छ । साथसाथै केही तौरतरिका पनि हुनुपर्छ, जसले खानालाई छिटो, मिठो बनाउन सकियोस् ।

स्मार्ट कुकिङ आइडिया

–     खानेकुरा के बनाउने हो, त्यसबारे पहिले नै तय गरौं ।

–     आवश्यक चिज राखौं । ति चिज चाहेको बेला सजिलै प्रयोग गर्न सकियोस् ।

–     कतिपय सागसब्जी फुर्सदमा सरसफाई गरेर तयारी अवस्थामा राख्न सकिन्छ ।

–     केलाउनुपर्ने, पखाल्नुपर्ने सागसब्जी फुर्सदकै बेला तयारी गरौं ।

–     कुनै सब्जी पकाउने हो भने कराही वा भाँडा बसाउनुअघि नै आवश्यक तेल, मरमसला, नुन आदि तयारी अवस्थामा राखौं ।

–     सधै गुणस्तरिय तेल, मरमसला नै प्रयोग गरौं ।

–     धेरै चर्को आँचमा खानेकुरा पकाउनु राम्रो हुँदैन ।

–     कुनैपनि खानेकुरा निश्चित अवधीमा पाक्छ । मिठो बनाउने चक्करमा लामो समय पकाउँदा त्यसमा रहेको पोषक तत्व नष्ट हुन्छ ।

पाककला

त्यसो त सधै एकैनासको खानेकुरा बेस्वादको लाग्न सक्छ । बेलाबखत नयाँ नयाँ स्वाद पनि बनाउन सकिन्छ । अहिले युट्युब वा अन्य रेसेपी हेरेर पनि नयाँ प्रकारको खानेकुरा बनाउन सकिन्छ ।

खाना पकाउनु रमाइलो पनि

कतिपयलाई भान्सामा काम गर्न खुब जाँगर चल्छ । खाना बनाइरहँदा रमाइलो अनुभव गर्छन् । वास्तवमा खाना बनाउनु भनेको तनाव कम गर्ने मेलो पनि हो ।

खाना बनाइरहँदा भान्सेको ध्यान खानामा नै केन्दि्रत हुन्छ । उनीहरुले कसरी त्यसलाई मिठो र राम्रो बनाउने भन्ने सोचिरहेका हुन्छन् । जब खाना मिठो बन्छ । सबैले मन पराउँछन् । तब भान्सेले सन्तुष्ट अनुभूत गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment