Comments Add Comment

सिन्धुलीमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम

१ माघ, काठमाडौं । अग्नि ग्रुपले हालै मध्य नेपालको प्रदेश नं ३ को ढुंग्रेबास सिन्धुलीमा महिन्द्राका गाडीहरु र ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरहरूका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुमको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले आइतबार संयुक्त रुपमा उद्घाटन गरे ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।

सिन्धुली र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप, ट्रयाक्टरसहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् ।

यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ ।

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक/कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।

सो अवसरमा कम्पनीले पाँच दिने निःशुल्क प्रबर्द्धनात्मक सेवा शिविर (अटोमोबाइल डिभिजन सर्भिस क्याम्प) को पनि घोषणा गरेको छ । पुस २८ देखि माघ ३ गतेसम्म चल्ने यो शिविरअन्तर्गत उपभोक्ताहरूले स्पेयर पार्टस्, ल्युब र अन्य सहायक सामग्री (एक्सेसरिज)मा १२ प्रतिशत छुट पाउने छन् भने निःशुल्क श्रम खर्च (निःशुल्क लेबर चार्ज)का साथै उपहारहरू पनि पाउँने छन् ।

यसका साथै ट्रयाक्टरका ग्राहकहरूको लागी फार्म डिभिजन सर्भिस क्याम्प पुस २८ र २९ गते हुदैछ जसमा स्पेयर पार्टस्, ल्युब र अन्य सहायक सामग्री (एक्सेसरिज)मा १२ प्रतिशत छुट पाउने छन् भने निःशुल्क श्रम खर्च -निःशुल्क लेबर चार्ज)का साथै उपहारहरू पनि पाउँने छन् ।

कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रा.लि.अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment