+
+

ललितपुरबाट विप्लव समूहका दुई नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १ गते १६:३९

१ माघ, काठमाडौं । प्रहरीले प्रतिबन्धित विप्लव समूहका दुई जना नेतालाई ललितपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका ललितपुर जिल्ला सचिव रमेश डंगोल र युवा भातृ संगठनका जिल्ला कार्यवाहक अध्यक्ष संजोग भनिने शान्तमान तामाङ छन् ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरले पक्राउ गरेको हो । डंगोललाई अभद्र व्यवहारको कसुर अन्तरगत बुधबार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । तामाङको भने म्याद थप भइसकेको छैन ।

उनीहरुको अन्य घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?