Comments Add Comment

बुटवलमा माघ २ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

१ माघ, बुटवल । बुटवल हुने प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को सम्पूर्ण तयारी पुरा भएको छ ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो ।

एन्फा टेक्निकल सेन्टरमा माघ २ गतेदेखि ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी आयोजक समितिका अध्यक्ष नन्दबहादुर काउचाले बताए ।

उमेर समूहका खेलाडीलाई प्लेटफर्मको आधारका रुपमा प्रतियोगिता भएको उनले बताए ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने उनको भनाइ छ ।

नगरभित्रका सामुदायिक र  निजी गरी २४ वटा विद्यालयका करिब ६ सय खेलाडीहरुको सहभागिता हुने उनको भनाइ छ ।

प्रतियोगिता सञ्चालन गर्न संघीय र स्थानीय सरकारबाट अनुदान बापत १/१ लाख रुपैयाँ बजेट रहेको समितिका सदस्य सचिव कोपिला ज्ञवालीले बताइन् ।

समितिका अध्यक्ष काउचाले नगरमा खुल्ला ब्यायामशालाको अवधारणा ल्याएको समेत जानकारी दिए ।

सहभागी सबै विद्यार्थीले शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment