
१ माघ, काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।
बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटबाट घरको गेट ढलेको छ भने शिशा फुटेको छ । पार्किङ गरेर राखिएको गाडीमा पनि क्षति भएको छ ।
विस्फोट हुँदा ढकालको परिवारका सदस्यहरु घरमै थिए । उनीहरू सबै सकुशल छन् । विस्फोटबाट मानवीय क्षति नभएको महानगरीय प्रहरी परिरस, काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले बताए ।
विप्लव समूहले विस्फोटको जिम्मा लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा ‘सेबोटेज’ गरिएको विप्लव समूहको पर्चामा उल्लेख छ ।
प्रहरीले विस्फोट भएको तर बम हो वा अरु केही भन्ने अनुसन्धान भइरहेको बताएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार कुकर बम विष्फोट गराइएको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया 4