Comments Add Comment

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति

२ माघ, काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । प्रसाईं भने फरार छन् ।

मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।

साथै, उनले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए ।

निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर, उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको छ । त्यहाँ पनि उनी भेटिएनन् ।

बुधबार साँझबाटै उनको मोबाइल पनि स्वीच अफ रहेको स्रोतले बतायो ।

प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर डा. गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए ।  द्धारिका होटलमा मंसिर १५ मा उपाध्यक्ष गिरीले घुस मागेको प्रसाईंको दाबी छ ।

उनले भनेका थिए, ‘म माथिका नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो । मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन । १०/२० लाख, एक करोडसम्म भनेको बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनेँ ।’

यो पनि पढ्नुस् 

२० करोड घुस : दुर्गा प्रसाईको आरोप र गिरीको प्रष्टीकरण

अख्तियार पुग्यो गिरी र दुर्गा प्रसाईंको घुस विवाद

२० करोड घुसको आरोप सुनेर आश्चर्यमा परेँ : उपाध्यक्ष गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment