Comments Add Comment

तुम्बाहाङ्फेलाई राजीनामा दिन दबाब दिएकोमा महिला सुरक्षा दबाब समूहको आपत्ति

२ माघ, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन दबाब दिएको भन्दै महिला सुरक्षा दबाब समूह नेपालले आप्पत्ति जनाएको छ ।

सभामुखमा तुम्बाहाङ्फेको दाबी स्वभाविक भएको समेत उसले बताएको छ । समूहकी महासचिव ईरादा गौतमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तुम्बाहाङ्फे सबै पक्षबाट योग्य हुँदाहुँदै सभामुख हुन नदिइ उल्टै राजीनामा गर्न दबाब दिएको प्रति हाम्रो आपत्ति छ ।’

समूहले राजनीतिक दलहरुलाई आफ्नो क्षेत्राधिकार भन्दाबाहिर गइ हस्तक्षेप नगर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment