Comments Add Comment

जनकपुरमा टाटाको कार मेला शुरु

२ माघ, काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बितरक सिप्रदी ट्रेडिङ माघ २ र ३ गते जनकपुरमा सिप्रदी ट्रेडिङ र सिप्रदी टे«डिङका बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा कार मेला आयोजना गरेको छ।

बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म होटल राजदरबार जनकपुरमा आयोजना कार मेलामा ग्राहकले एकै स्थानबाट टाटाका गाडी किन्न र बेच्ने सुविधा प्राप्त गर्न सक्नेछन्।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरू एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरूले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडी सँग साट्न सक्नेछन्।

मेलाका प्रमुख आकर्षणमा निःशुल्क प्रवेश, अन दि स्पोर्ट फाइनान्सिङ, पुरानो गाडीको उच्च मूल्याकंन र प्रत्येक टेस्ट ड्राइभमा उपहार र मूल्याकंन, फोटो सुटका साथै खानाका स्टल, संगीत, नृत्य, गेम, मेहेन्दी ÷नेलआर्टका साथै जलपान रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment