Comments Add Comment

यी क्रिकेटर जसले यू-१९ र सिनियर दुवै टिमबाट विश्वकप जिते

२ माघ, काठमाडौं । आईसीसी यू १९ विश्वकप २०२० जनवरी १७ देखि फेब्रुअरी ९ सम्म दक्षिण अफ्रिकामा हुँदैछ। यस पटक नेपाल यू१९ विश्वकपमा छनोट हुन सकेन । तर भविष्यका स्टार खेलाडीहरु जन्मने ठाउँको रुपमा यू१९ विश्वकपलाई हेरिन्छ । यो १३ औं संस्करण हो भने दक्षिण अफ्रिकामा दोस्रो पटक आयोजना हुन लागेको हो ।

यू १९ विश्वकपको शुरुवात सन् १९८८ मा अष्ट्रेलियाबाट भएको थियो । त्यसपछि १० वर्ष ब्रेक भयो । १९९८ देखि भने यो निरन्तर आयोजना भइरहेको छ ।

भारतले सर्वाधिक ४ पटक यू १९ विश्वकप जितेको छ र डिफेण्डिङ च्याम्पियन समेत हो । पृथ्वी शको कप्तानीमा भारतले २०१८ मा पछिल्लो पटक उपाधि जितेको र यस पटक उपाधि रक्षा गर्ने योजनामा रहेको छ।

यू १९ टिममा गरेको प्रदर्शनकै आधारमा खेलाडीहरु सिनियर टिममा पर्दै आएका छन् । दुवै विश्वकप खेल्ने खेलाडीको चाहना हुन्छ । कमैको मात्र त्यो चाहना पूरा हुन्छ ।अझ दुवै विश्वकप खेलेर जित्ने त झन् कम छन् । जम्मा तीन खेलाडी छन् जसले यू १९ र सिनियर टिमबाट विश्वकप खेले अनि दुवै विश्वकप जिते ।

विराट कोहली, भारत

भारतीय क्रिकेट टिमका वर्तमान कप्तान अनी विश्वकै अहिलेका नम्बर वान ब्याट्सम्यान ।

सन् २००८ मा मलेसियाको क्वालालम्पुरमा भएको यू १९ विश्वकपमा विराटकै कप्तानीमा भारतले दक्षिण अफ्रिकालाई १२ रनले पराजित गर्दै यू १९ विश्वकपको उपाधि जितेको थियो ।  तीन वर्ष पछि नै सन् २०११ मा उनले सिनियर टिमबाट विश्वकप जिते ।

२००८ को यू १९ विश्वकप फाइनलमा कोहली ३४ बल खेल्दै १९ रनमा आउट भएका थिए । दक्षिण अफ्रिका विरुद्ध भारत १५९ रनमा अलआउट भएको थियो ।

तर बलिङमा अजितेस अग्रलले ५ ओभरमा २ मेडन राख्दै ७ रन मात्र खर्चेर २ विकेट लिएपछि भारत डिएल मेथडमा विजयी भएको हो ।

त्यस विश्वकपमा कोहलीले ६ खेलमा एक शतकसहित २३५ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउनेमा तेस्रोमा थिए ।

महेन्द्र सिंह धोनीको कप्तानीमा २०११ को विश्वकपमा कोहलीले एक शतक र एक अर्धशतकसहित २८२ रन बनाए ।

फाइनलमा श्रीलंका विरुद्ध जित हात पार्दा कोहलीले गौतम गम्भीरसंग तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए ।

युवराज सिंह, भारत

भारतीय टिमका पूर्व अलराउण्डर युवराज सिंहले यू १९ र सिनियर ६मबाट विश्वकप जिते । दुवैमा उनी म्यान अफ दि सिरिज चयन भएका थिए ।

सन् २००० मा श्रीलंकाले भारतले यू १९ विश्वकप जित्दा युवराजले ८ खेलमा २०३ रन बनाएका थिए । जसमा २ अर्धशतक समेत थियो । यस्तै उनले ८ खेलमा १२ विकेट समेत लिए ।

Indian cricket captain Mahendra Singh Dhoni (R) and teamamte Yuvraj Singh celebrate after beating Sri Lanka during the ICC Cricket World Cup 2011 final match at The Wankhede Stadium in Mumbai on April 2, 2011. India beat Sri Lanka by six wickets. AFP PHOTO/MANAN VATSYAYANA (Photo credit should read MANAN VATSYAYANA/AFP/Getty Images)

उनले दुई पटक ४ विकेट लिएका थिए । उनले फाइनलमा ४० बल खेल्दै २७ रन बनाएका थिए ।

११ वर्षपछि भारतको सिनियर टिमले घरेलु मैदानमा विश्वकप जित्दा उनै युवराजले अलराउण्ड प्रदर्शन गरे अनि म्यान अफ दि सिरिज भए ।

उनले एक शतक र चार अर्धशतक सहित ३६२ रन बनाए । यस्तै उनले त्रबलिङमा १५ विकेट लिए । आयरल्याण्ड विरुद्धको खेलमा उनले ५ विकेट लिनुका साथै ब्याटिङमा ५० रन समेत बनाएका थिए जुन विश्वकपमा कीर्तिमान थियो ।

फाइनलमा मुम्बईको वाङखडे स्टेडियममा उनले २ विकेट लिएका थिए भने ब्याटिङमा २४ बल खेल्दै अविजित २१ रन बनाए ।

जोस हेजलउड, अष्ट्रेलिया

यो सुचीमा रहेका अर्का खेलाडी हुन् अष्ट्रेलियाका बलर जोस हेजलउड । उनले सन् २०१० मा न्युजिल्याण्डमा भएको यू १९ विश्वकप जितेका थिए ।

Britain Cricket – England v Australia – 2017 ICC Champions Trophy Group A – Edgbaston – June 10, 2017 Australia’s Josh Hazlewood celebrates taking the wicket of England’s Joe Root Action Images via Reuters / Andrew Boyers Livepic EDITORIAL USE ONLY.

फाकिस्तानलाई फाइनलमा  २५ रनले पराजित गर्दा उनी म्यान अफ दि म्याच चयन भएका थिए । जसमा उनले ४ विकेट लिएका थिए ।  उनले प्रतियोगिताभर स१३ विकेट लिएका थिए । सर्वाधिक विकेट लिनेमा उनी संयुक्त रुपमा दवस्रो स्थानमा थिए ।

यस्तै ५ वर्षपछि घरेलु मैदानमा अष्ट्रेलियन सिनियर टिमको विश्वकप जित्दा हेजलउड टिममा थिए । उनले फाइनलमा विकेट लिन नसकेपनि ८ ओभरमा ३० रन मात्र खर्चिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment