+

तुर्कमेनिस्तानले जित्यो काभा कप पुरुष भलिबलको उपाधि

२०८२ कात्तिक  ११ गते १८:१० २०८२ कात्तिक ११ गते १८:१०
तुर्कमेनिस्तानले जित्यो काभा कप पुरुष भलिबलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तुर्कमेनिस्तानले बंगलादेशमा सम्पन्न काभा कप पुरुष भलिबलमा अफगानिस्तानलाई ३-२ को सेटमा हराएर उपाधि जितेको छ ।
  • तुर्कमेनिस्तानले सेन्ट्रल एसिया रिजनका ६ राष्ट्र सहभागी प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो ।
  • नेपालले पाँचौ स्थानको प्लेअफ खेलमा माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको छ ।

११ कात्तिक, काठमाडौं । तुर्कमेनिस्तानले बंगलादेशमा सम्पन्न काभा कप पुरुष भलिबल (काभा कप फर मेन) को उपाधि जितेको छ ।

ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार भएको रोमाञ्चक फाइनलमा अफगानिस्तानलाई ३-२ को सेटमा हराएर तुर्कमेनिस्तान च्याम्पियन बनेको हो ।

तुर्कमेनिस्तानले खेलमा दुई पटक पछि परेर पनि पुनरागमन गरेको थियो ।

पहिलो सेट अफगानिस्तानले २५-२० ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो । दोस्रो सेटमा तुर्कमेनिस्तान खेलमा फर्कियो र २५-२१ ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्‍यो ।तेस्रो सेट अफगानिस्तानले २५-१८ ले जितेर खेलमा फेरि अग्रता बनायो । त्यसपछि तुर्कमेनिस्तानले पुनरागमन गर्दै चौथो सेट २५-२० ले बफ्नो पक्षमा पार्दे खेल पाँचौ सेटमा पुर्‍यायो । पाँचौ तथा निर्णायक सेट १५-१२ ले आफ्नो पक्षमा पार्दै तुर्कमेनिस्तानले उपाधि जितेको हो ।

सेन्ट्रल एसिया रिजनका ६ राष्ट्र सहभागि प्रतियोगितामा तुर्कमेनिस्तानले अपराजित रहँदै उपाधि जितेको हो । यस क्रममा तुर्कमेनिस्तानले लिग चरणमा सबै ५ खेल जितेको थियो ।

लिगमा तुर्कमेनिस्तान पहिलो र अफगानिस्तान दोस्रो हुँदै फाइनल पुगेको हो । फाइनलमा अफगानिस्तानले तुर्कमेनिस्तानलाई टक्कर दिएपनि हराउन सकेन ।

यस्तै आयोजक बंगलादेशलाई ३-० को सेटमा पराजित गर्दै श्रींलका तेस्रो भएको छ । त्यसेगरी पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गर्‍यो ।

 

काभा कप पुरुष भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय