News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा पाँचौ भएको छ ।
- पाँचौ स्थानको लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-१ सेटमा पराजित गर्यो ।
- लिग चरणमा नेपालले तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग हार व्यहोरेको थियो ।
११ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौ भएको छ ।
ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।
प्रतिस्पर्धातमक बनेको पहिलो सेट टाईब्रेकमा २९-२७ ले आफ्नो पक्षमा पार्दै नेपालले १-० को अग्रता लिएको थियो । त्यसपछि दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै नेपालले २-० को अग्रता बनाएको थियो । तर तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दा टाईब्रेकमा ३७-३५ ले माल्दिभ्सले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमनको प्रयास गरेको थियो । तर चौथो सेटमा सुरुवात देखि नै हावी बनेको नेपालले उक्त सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
प्रतियोगितामा नेपालले माल्दिभ्सलाई दोस्रो पटक पराजित गरेको हो । लिग चरणमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । लिग चरणमा नेपाल एक खेल जितेर पाँचौ तथा सबै पाँच खेल हारेको माल्दिभ्स छैटौं भएको थियो ।
लिग चरणमा नेपालले तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग भने हार व्यहोरेको थियो ।
आजै तुर्कनेमिस्तान र अफगानिस्तानबीच उपाधिका लागि खेल हुनेछ यस्तै आयोजक बंगलादेश र श्रीलंका तेस्रो स्थानका लागि भिड्नेछन् ।
प्रतिक्रिया 4