Comments Add Comment

भुटेको मकै : पोषिलो र स्वादिलो खाजा

साँधेको गुन्द्रुक र भुटेको मकै चपाउनुको स्वाद कस्तो हुन्छ ? तात्तातो चिया सुरुप्प पार्दै भुटेको मकै चपाउँदाको मिठास कस्तो हुन्छ ?

भुटेको मकै तुलनात्मक रुपमा सस्तो खाजा हो । पकाउन समय लाग्दैन । झन्झटिलो पनि हुँदैन । एकातिर मिठो, अर्कोतिर स्वस्थ्यकर । किन नखाने त भुटेको मकै ?

बाहिरको पपकर्न भन्दा घरमै भुटेको मकै स्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा धेरै तेल वा घिउ प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ । मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने बताइन्छ ।

यति धेरै पोषकतत्व भुटेको मकैमा

भुटेको मकैमा धेरै मात्रामा फाइबर, पोलिफेनोलिक कम्पाउन्ड, एन्टिअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स, म्यागनिज र म्यागनेसियम जस्ता प्रभावशाली तत्वहरु पाइन्छन् । भुटेको मकैबाट स्वास्थ्यमा हुने फाइदाहरु हामी तल उल्लेख गर्दैछौं ।

कोलस्ट्रोल कम गर्ने

भुटेको मकैमा प्रशस्त फाइबर हुन्छ जसले अत्यधिक कोलस्ट्रोललाई घटाएर रगतका धमनीहरुलाई फराकिलो बनाउँछ । यसबाट हार्ट अट्याकको सम्भावना कम हुन्छ ।

क्यान्सरबाट बचाउँछ

भुटेको मकैमा  धेरै मात्रामा पोलिफेनोलिक यौगिक हुन्छ जुन सबेभन्दा शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसको शरीरमा निकै आवश्यकता पर्छ । एन्टिअक्सिडेन्टले क्यान्सर पैदा गर्ने फ्रि रेडिकल्सबाट मुक्ति दिलाउँछ ।

बुढ्यौली रोक्छ

भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबै दुर हुन्छन् । यसले स्वास्थ राख्छ ।

मोटोपना घटाउँछ

भुटेको मकैमा केवल ३० क्यालोरी मात्रै प्राप्त हुन्छ जुन आलूको चिप्सको समान मात्राभन्दा लगभग ५ गुणा कम हो । यसभित्र रहने तेल पनि शरीरका लागि फाइदाजनक हुन्छ ।

हड्डी मजबुत बनाउँछ

भुटेको मकैमा म्यागनिज पर्याप्त मात्रामा पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । भविष्यमा ओस्टेपोरोसिस, एथि्रटिस र ओयस्ट्रोआथि्रसिसबाट पनि यसले बचाउँछ ।

आइरनको प्रचुरता

एक वयस्क पुरुषलाई प्रति दिन ८ एमजी आइरन र वयस्क महिलालाई प्रतिदिन १९ एमजी आइरनको आवश्यकता पर्छ । २८ ग्राम पप कर्नमा लगभग ०.९ मिलीग्राम आइरनको मात्रा हुन्छ । भुटेको मकै पर्याप्त खाने हो भने आइरनको गोली खाइरहनु पर्दैन ।

मधुमेहका रोगीलाई लाभकारी

भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment